Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला

admin

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुल्ला गरिएको हो ।

‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुनः खुल्ला गरिएको आयोजकले बताएको छ ।

नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने बताइएको छ ।

नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताउनुभयो ।

आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रा.लि.को कार्यालयबाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको