Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला

admin

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुल्ला गरिएको हो ।

‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुनः खुल्ला गरिएको आयोजकले बताएको छ ।

नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने बताइएको छ ।

नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताउनुभयो ।

आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रा.लि.को कार्यालयबाट प्राप्त गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको