Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

‘डान्सिङ वीथ द स्टार्स’को उपाधि सुमी मोक्तानलाई

admin

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार्स नेपाल’ को उपाधि सुमी माेक्तानले जितेकी छन् । यस्तै फस्र्ट रनरअप बुद्ध लामा र केविका खत्रीको जोडी भएको छ भने प्रियना आचार्य (मुन्नी)को जोडी सेकेण्ड रनरअप भएका छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधि हात पारेका हुन् । हिमालय टेलिभिजन एचडीबाट प्रशारण भएको उक्त ‘शो’को फाइनलमा ३ जोडी प्रवेश गरेका थिए । फाइनलमा बुद्ध लामा र केविका, प्रियना आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्कीले प्रतिस्पर्धा गरेका थिए । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो ।

विजेताले २० लाख नगद र ट्रफि जितेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको