Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

कोरोना भाइरस तिब्ररुपमा फैलिने संकेत देखिएपछि लण्डनमा फेरि लकडाउन

admin

बेलायतको राजधानी लण्डनमा फेरि लकडाउन गरिएको छ। यो लकडाउन इंग्ल्याण्डका अधिकांश भागमा लागु हुने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।

शनिबार कोरोना भाइरस नयाँ तरिकाले फैलिएको पुष्टि भएपछि प्रधानमन्त्रीले क्याविनेटको आपतकालिन बैठक बोलाएका थिए। सो बैठकपछि लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री जोन्सनले भाइरस नयाँ तरिकाबाट फैलिएको भन्दै त्यसको प्रकोप रोक्न नयाँ तरिका अपनाउनु परेको बताएका छन्।

इंग्ल्याण्डमा अत्यधिक चिसो बढेका बेला कोरोना भाइरस तिब्र गतिमा फैलिने संकेतहरु देखिएको जनाइएको छ।

स्मरण रहोस बेलायत कोरोना भाइरसविरुद्धको खोप अभियान चलाउने पहिलो मुलुक हो। अमेरिकी कम्पनी फाइजरले विकसित गरेको खोप बेलायतमा लगाउन शुरु गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको