Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

कोरोना भाइरस तिब्ररुपमा फैलिने संकेत देखिएपछि लण्डनमा फेरि लकडाउन

admin

बेलायतको राजधानी लण्डनमा फेरि लकडाउन गरिएको छ। यो लकडाउन इंग्ल्याण्डका अधिकांश भागमा लागु हुने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।

शनिबार कोरोना भाइरस नयाँ तरिकाले फैलिएको पुष्टि भएपछि प्रधानमन्त्रीले क्याविनेटको आपतकालिन बैठक बोलाएका थिए। सो बैठकपछि लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री जोन्सनले भाइरस नयाँ तरिकाबाट फैलिएको भन्दै त्यसको प्रकोप रोक्न नयाँ तरिका अपनाउनु परेको बताएका छन्।

इंग्ल्याण्डमा अत्यधिक चिसो बढेका बेला कोरोना भाइरस तिब्र गतिमा फैलिने संकेतहरु देखिएको जनाइएको छ।

स्मरण रहोस बेलायत कोरोना भाइरसविरुद्धको खोप अभियान चलाउने पहिलो मुलुक हो। अमेरिकी कम्पनी फाइजरले विकसित गरेको खोप बेलायतमा लगाउन शुरु गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको