Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय

admin

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ।

महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। उनी सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको