Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

बालुवाटारमा ओली पक्षीय सांसदहरू भेला शुरु

admin

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका छन्।

आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका पनि आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका थिए।

अहिले उनीनिकट सांसदहरू बालुवाटारमा पुगिसकेका छन्। पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्।

यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।

ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए।

साढे २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँग छलफल गर्न लागेका हुन्।

आफू पक्षीय सांसदहरूसँग ओलीले विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे कुरा गर्ने बताइएको छ।

ओलीबिना बसेको आइतबारको स्थायी कमिटी बैठकले मंगलबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। उक्त बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने अनुमान गरिएको छ।

यसैबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे हुँदै छ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भेला हुन लागेको एक सांसदले जानकारी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको