Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवाको मृत्यु

admin

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए।साथीहरूसँग गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए। लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए।

प्रहरीका अनुसार पिकनिकमा मदिरा सेवन गरेपछि साथीले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन गएका थिए ,पुलबाट खसेर गम्भीर घाइते थापालाई उनकै साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन बेलुका सवा ६ बजे थापालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम केसीले पिकनिक खाइसकेपछि साथीसँगै झोलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै असावधानीपूर्वक सपोर्ट तारमा झुन्डिएको र पछि त्यहाँबाट आउन प्रयास गरे पनि आउन नसकेपछि हात गलेर त्यहीबाट बगरमा खसेको जानकारी दिए। उनी पुलबाट बगरमा बजारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको