Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै क्यानडाको युकोनमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ७९ वर्षयताकै सबैभन्दा ठूलो गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

सडकनै चोरेर धन कमाउन खोज्दा….

admin

सडकमा गुड्ने सवारी साधन चोरी भएको हामीले धेरै पटक सुनेका छौ । तर सडक नै चारी भएको घटना पक्कै सुन्नु भएको छैन । तर चीनमा यस्तो घटना भएको जुन पत्याउनै गाह्रो छ । सडक नै चोरी भएको घटना ।  पूर्वी चीनको जिनाग्सु क्षेत्रस्थित सानकेशू गाउँमा गत जनवरी २४ मा ८ सय मिटर लामो सडक चोरी भएको हो । उक्त क्षेत्रमा चोरले रातारात ८ सय मिटर लामो कंक्रिटको सडक चोरेको रिपोर्ट पुलिसमा गरिएसँगै त्यो सर्वत्र चर्चाको विषय भएको छ ।

स्थानीय मानिसहरुले चोरले सडक खनिरहेको पनि देखेका थिए । तर त्यो चोर भन्ने उनीहरुलाई हेक्का भएन । सडक मर्मत गर्नका लागि कामदारले सडक खनिरहेको होला भन्ने लाग्यो । तर जब पूरै सडकको पिच नै उप्काएर गायब पारियो तब मानिसहरु सडक चोरी भएको थाहा पाए र पुलिसमा उजुरी गरे ।

पुलिस घटनास्थलमा पुगेर छानविन सुरु गर्यो । अन्ततः सडक चोरी गर्ने झू नामका व्यक्तिलाई पक्राउ गर्न सफल भयो ।  झूले सडकको पिच खन्नका लागि एकजना कामदार तथा खनेको पिच उठाउनका लागि एक ट्रक समेत ल्याएका रहेछन् । सडकको पिच चोरेर ढुंगे सामाग्री बनाउने एक कारखानामा लगेर बेचेका रहेछन् ।

समाचार अनुसार झू ले गरिबीका कारण त्यस्तो गरेका रहेछन् । पक्की सडक खनेर त्यसको कंक्रिट बेच्न सकेमा राम्रो आम्दानी हुने ठानी उनले गाउँके सडक नै चोरी गरे । उनले सडकको पिच कंक्रिट कारखानामा बेचेर झण्डै ५ हजार युआन कमाई गर्न समेत सफल भए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको