अन्ततः नेकपा जोगिन सकेन

  • डा.डिआर उपाध्याय

अन्ततः नेकपा फुट्ने नै भयो । कसैले चाहेर पनि यो पार्टी जोगाउन सकिने अवस्था देखिएन । अहिले दुबै पक्षतिर आफ्ना आफ्ना समूहका बैठकहरु डाकी रहेका छन् । यसले के जनाउँछ भने अब नेकपा सग्लो रहेन । प्रधानमन्त्री केपी शर्मा ओली समूहले केन्द्रिय कमिटिको बैठक बोलाएर प्रचण्ड समूहका नेताहरुलाई कारवाही गर्ने भनेको छ भने उता अर्का पक्ष प्रचण्ड समूहले पनि केपी समूहलाई कारवाही गर्ने बताएका छन् । अहिले दुबै पक्षका नेता तथा कार्यकर्तामा तानातानको अवस्था सृजना भएको छ । एक पक्षले आफू पक्षमा पार्न खोज्ने र अर्को पक्षले पनि आफू पक्षमा पार्न खोज्ने प्रतिष्पर्धा चलेको दृश्य देखिन्छ । नेकपा विभाजन बाट आम जनता खुसी छैनन्,निरास र हत्तोसाहित भएका छन् ।जनताले सुरुवाती दिनमा निकै भरोसा र आशा गरेका थिए नेकपा बाट तर जनताले सोचे जस्तो नहुँदो रहेछ । यतिबेला आम जनतालाई जून ,जोगी आए पनि कानै चिरेका, जस्तो उखान चरितार्थ भएको छ । सुबिधा जनक संघिय संसदमा झन्डै दुई तिहाइको सरकार रहँदा पनि देश र जनताको पक्षमा लोकप्रिय काम गर्न नसकेर आन्तरिक विवादमा पार्टी पर्दा यो समस्या उत्पन्न भएको हो । यो सत्ता स्वार्थको खेल हो । यहाँ सबै कुरा सत्ता स्वार्थ भित्र लुकेको छ । आफू सत्तामा पुग्दा सबै ठिक हुने, आफू सत्ता देखि बाहिर हुँदा सबै बेठिक हुने यो राजनीतिक दल र तिनका नेताहरुको परम्परा देखिको रोग हो । यस्तो प्रवृतिले मुलुकलाई हित गर्दैन। मुलुकको भाग्य र भविष्य निर्माण गर्न नखोज्नुको परिणाम हाृ यो । संसद विघटन पछिको यो अवस्था के कसरी अगाडि बढ्छ सबैको चासोको विषय बनेको छ । मध्यावधि निर्वाचनको मिति त तोकिएको छ तर निर्वाचन हुन्छ या हुँदैन त्यसमा पनि प्रश्न उठिरहेका छन् । दलहरु सहभागी नभएको निर्वाचनमा कुनै अर्थ रहने छैन् । दलहरुले निर्वाचनमा सहभागी नहुने विघटित संसद नै व्युताउने दौडधुपमा लागेका छन् । आम जनताले कसका कुरा सही र गलत हो भनी छुट्याउनै नसक्ने अन्योलमा परेका छन् । अब नेताहरु हारुन तर देशले जितोस भन्ने आम नागरिकको भनाई छ । नेताले हार्दैमा केही फरक पर्दैन तर देशले हा¥यो भने धेरै कुरामा प्रभाव पर्छ । अब यो देश जोगाउनको लागि पनि सबै न्यायप्रेमी, देशप्रेमी र सचेत नागरिकहरु जाग्नु पर्ने अवस्था सृजना भएको छ त्यसैले भनिन्छ,राजनीति भनेको फोहोरी खेल हो जस्तो लाग्छ नेताको प्रवृति, अहंकार र संस्कृति देख्दा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *