Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

शीतल निवासमा चिनियाँ राजदूत होउ यान्छी

admin

नेपालमा राजनीतिक उतलपुथल भइरहेका बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन्। पौने ७ बजे शीतल निवास छिरेकी राजदूत यान्छी करिब ८ बजे शीतल निवासबाट बाहिरिएको स्रोतले बतायो।

सरकारले संसद विघटन गरेपछिको उत्पन्न परिस्थिति र नेकपामा देखिएको विभाजका बीच चिनियाँ राजदूतको यो सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच चुनाव गठबन्धन गराउन चिनियाँ भूमिका रहेको चर्चा हुने गर्छ। चुनावी गठबन्धनपछि बनेको नेकपामा विभाजन भइरहेका बेला राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेटेकी हुन्। यसअघि पनि सत्तारुढ दल नेकपामा विवाद हुँदा यान्छीले नेकपा नेताहरुलाई भेट्न् गरेकी थिइन्। राष्ट्रपति भण्डारी पनि नेकपाको विवादमा सक्रिय बन्दै आएकी थिइन्।

संसद विघटन गर्ने सरकारको सिफारिशलाई तुरुन्तै सदर गरेपछि हाल राष्ट्रपति भण्डारीको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको