Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

देउवा पक्ष ओलीको कदमविरुद्ध आन्दोलनको विपक्षमा

admin

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सडक संघर्षमा नजाने पक्षमा देखिएका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनी निकट केन्द्रीय सदस्य एनपी साउदले सडक संघर्षको विपक्षमा विचार राखेसँगै देउवा पक्षको फरक मत देखिएको हो ।
साउदले मध्यावधि चुनावमा जानुपर्ने भनाई राखेका थिए ।

उनले चुनाव लोकतान्त्रिक प्रक्रिया अन्र्तगत भएकाले त्यसबाट भाग्न नहुने भन्दै सडकमा भन्दा चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् । देउवा निकटका अर्का नेता डा। नारायण खड्काले पनि अदालतको निर्णय पर्खनुपर्ने विचार राखेका थिए । खड्काले सडकमा गइहाल्नुभन्दा अदालतको निर्णय कुरेर बढ्नुपर्ने विचार राखेका थिए ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सडक संघर्षमा जानुपर्नेमा जोड दिएका छन् । पौडेल स्वयंले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भन्दै आन्दोलनमा जानुपर्ने बताए । उनले ओलीको कदमले खतरनाक अवस्था ल्याउनसक्ने औल्याए । पौडेल निकट केन्द्रीय सदस्य महेश आचार्यले पनि आन्दोलनमा जानुपर्ने बताएका थिए । उनले काँग्रेस कसैको पछाडि लागेर नभए आफै आन्दोलनको नेतृत्व गरेर बढ्नुपर्ने बताएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको