Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव यातायात भरपर्दो बनाउन निर्देशन तीन सहसचिव सचिवमा बढुवा स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

टोटनह्याम र लिभरपुलको बराबरी

admin

इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति टोटनह्याम र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् ।  खेलको तेस्रो मिनेटमा नै मोहम्मद सालहले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए।

पहिलो हाफ १(० ले पछि परेको टोटनह्यामले बराबरी गोल फर्काउन ८०औं मिनेटसम्म कुर्नुपर्‍यो। ८० औँ मिनेटमा भिक्टर वानयामाले टोटनह्यामका लागि बराबरी गोल फर्काए। त्यसपछि टोटनह्यामले पेनाल्टीको अवसर पाएको थियो। तर त्यसमा ह्यारी केनले गोल गर्न सकेनन्।  त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोली लिभरपुललाई जित नजिक पुर्‍याए। तर इन्जुरी समयको पाँचौँ मिनेटमा टोटनह्यामले फेरि पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्यायो। त्यसअघिको पेनाल्टीमा चुकेका केनले यसपटक भने गोल गरेका थिए।

बराबरी पछि २६ खेलबाट ५१ अंकसहित लिभरपुल लिगको तेस्रो स्थानमा कायमै छ। पाँचौँ स्थानको टोटनह्यामको २६ खेलबाट ४९ अंक भएको छ । लिगमा म्यान्चेष्टर सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ भने ५६ अंकसहित म्यान्चेष्ठटर युनाइटेड दोस्रो स्थानमा छ। चेल्सी ५० अंकसहित तालिकाको चौथो स्थानमा छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको