Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति भारतका उद्योगपति रतन टाटाको निधन आज फूलपाती, देवीको मन्दिर तथा दशैं घरहरुमा फुलपाती भित्र्याइँदै आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण

फेशन कोरियोग्राफर अश्विनी झा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित

admin

देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आउँनुभएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित हुनुभएको छ । कविलासी नगरपालिक-७ गौर घर भई हाल राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आउनुभएको झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गरेको हो ।

समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले कोरियोग्राफर झालाई नगद एक लाख रुपियाँसहित राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित गर्नुभएको थियो । मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष आधा दर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो ।

कला तथा कोरियोग्राफी क्षेत्रमा योगदान पुर्‍याएवापत झालाई यो सम्मानबाट सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । यस वर्ष यो विधाबाट सम्मानि हुने झा एक्लो प्रतिभा हुनुहुन्छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको