Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो देशका अधिकांश भूभागको मौसम सफा रहने आज महानवमी , तलेजु भवानी मन्दिर खोलिँदै आजदेखि वीपी राजमार्ग सञ्चालनमा दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

एकले अर्कालाई सिध्याउने दाउ

admin

अब देशको राजनीति कता जाने हो,यो नै सबैलाई चिन्ताको बिषय बनेको छ । अहिले जनता प्रचण्ड–नेपाल , केपी समूह तिर आधा आधा बाँडिएको अवस्था छ । प्रधानमन्त्री के पी ओलीले संसद् विघटन गरे पछि ‘संवैधानिकता’को प्रश्न उठेको छ । सडकमा आन्दोलन चलेको छ । जनता सडकमा आउन थाले । आगामी राजनीति त्यति सहज छैन । देश भाँडभैलोमा जाने खतरा देखियो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा यतिबेला ‘वैधानिकता’को प्रश्न उठाइएको छ । संसद् विघटन गरिएको विषय सम्मानित सर्वोच्च अदालतमा गइसकेकाले अब त्यहाँबाट नै अन्तिम फैसला हुने नै छ । यति बेला नेकपा दुई चिरामा छ । दुई चिरामा बिभाजित प्रम केपी शर्मा ओलीको नेकपा र माधव–प्रचण्डको नेकपामा आरोप–प्रत्यारोप चलिरहेको छ । यी दुवै समूहले आफू अनुकूलको बातावरण निर्माण गर्न खोजिरहेका छन । समानान्तर कमिटी निर्माण र एउटै नाम राखेका यी दुई पक्ष अब एकले अर्कालाई सिध्याउने दाउमा छन । सत्ताधारी पार्टीभित्रका यी दुई समूह अन्ततः विभाजित भएका छन् । जसले गर्दा मुलुकको राजनीति गहिरिदो बनेको छ । यिनीहरू विभाजन नहुनु पर्दथ्यो । लोकतन्त्र खतरामा जान थाल्यो । यो बिभाजन आफैंमा गलत छ । जनतालाई धोका भयो । राजनीतिमा बेइमानी भयो । बेइमानको राजनीति लामो समय टिक्दैन । यो क्षणिक हो । जनताको समस्या नबुझनेले देशको मुहार कसरी फेर्छन् । यि सव ढाँट कुरा हुन । जनता अलमलाउने कुरा हुन । अव जनताको बिश्वास जित्न नेताहरुलाई त्यति सजिलो हुने छैन । पार्टी बिभाजन पछि नेताहरु जुहारी खेलिरहेका छन । अहिले लोकको जग हाँसिरहेको छ । नेता तथा कार्यकर्ताको मनोबल माथि उठन सकेको छैन । ठूला पार्टी विभाजित हुनु भनेको लोकतन्त्रका लागी खतरा हो । अहिले लोकतन्त्रलाई खतरा छ । सवै उपलव्धिहरु गुम्ने हुन की भन्र्ने चिन्ता छ । संसदीय व्यवस्थामा संसद्मा रहेका सांसदको संख्या, फुट्दा पु¥याउनुपर्ने ४० प्रतिशतको प्रावधान र निर्वाचन आयोगमार्फत पाउनुपर्ने वैधानिकता नै महत्व पूर्ण सर्त हो । सत्तारूढ पार्टीको विभाजनसँगै वैधानिकता र संसद् विघटनसँगै संवैधानिकताका कुरा प्राथमिताका साथ उठिरहेका छन् । सत्तारूढ पार्टीको अहिलेको अवस्था अत्यन्त कमजोर छ । किनभने पार्टी विभाजन हुनु भनेको नै कमजोर हुनु हो । यसका लागि नेताहरूमा परिपक्कता र जिम्मेवारीपनको महसुस हुनु जरुरी देखिएको छ । नेताहरू एक आपसमा लड्ने र कार्यकर्ताहरुलाई भिडाउने प्रवृतिले दुबै समूहलाई फाइदा छैन्। नेकपाका नेताहरु अहिले आफ्नो घर जलाएर आगो तापिरहेका छन् । क्षति भएको कुरा किन बुझ्दैनन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको