Logo
04 Feb 2023    २१ माघ २०७९, शनिबार

ताजा खबर

नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो) नेपाल एयरलाइन्सको टिकट अनलाईनबाट काट्न सकिने सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए मलेसियाका गृहमन्त्री नेपाल आइपुगे सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल टेलिकमको व्यालेन्स सापटी सेवा शुरु

admin

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । यसअघि नेपालमा सञ्चालीत अर्को टेलिकम्युनिकेसन् कम्पनी एनसेलले मात्रै सापटी दिने सेवा दिएको थियो । एनसेलले सापटीलाई अहिलेका युवा पुस्ताले खुबै रुचाएका छन् । टेलिकमको प्रतिस्पर्धि मानिने ऐनसेलले यो सेवा सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन । युवा पुस्ताले यस्तो सेवा खुबै मनपराएको देखेपछि टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘पैँचो’ लिने सेवा सुरु गरेको छ ।

सोमबार टेलिकमले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूआत गरे । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ ।

अर्थात् ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको