Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

रेशम चौधरी पक्राउ आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

दिल्लीमा चालकरहित मेट्रो रेल सेवा सुरू

admin

नयाँ दिल्लीमा चालकरहित मेट्रो रेल सेवा सुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले चालकरहित मेट्रो रेल सेवा सुरू गरेका हुन् ।प्रधानमन्त्री मोदीले सोमबार भारतको पहिलो चालकरहित मेट्रोलाई हरियो झण्डा देखाउँदै उद्घाटन गरेका हुन्।

यो सेवा पहिलो चरणमा ३८ किलोमिटर चल्नेछ। ३ सय ९० किलोमिटरमा फैलिएको दिल्लीको मेट्रो सेवाले आसपासका नोएडा, गुरूग्राम, फरीदाबाद, गाजियाबाद जस्ता शहरहरूलाई जोड्छ।

दिल्लीको मेट्रो भारतकै सबैभन्दा ठूलो मेट्रो सेवा हो। सन् २००२ बाट सुरू भएको मेट्रो सेवालाई पछिल्लोपटक चालकरहित बनाउन कानुनसमेत संशोधन गरिएको छ। यसअघि कानुनमा चालकरहित रेल सेवाको प्रावधान थिएन। चालकरहित सेवा सुरू गरिएको जनाइए पनि हालका लागि मेट्रो अपरेटर रहनेछन्।

केही समयपछि मेट्रोमा हुनसक्ने हरप्रकारका गडबडीलाई पहिचान गर्ने क्यामरा जडान गर्ने काम सकिएपछि भने मेट्रोबाट अपरेटरलाई हटाइनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको