Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

विवाहको वर्षगाँठमा पत्नीलाई चन्द्रमाको जग्गा उपहार !

admin

भारतको राजस्थान राज्यका एक व्यापारीले आफ्नो विवाहको आठौं वर्षगाँठमा पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएका छन्। राजस्थानको अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अनिजाले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएका हुन्।

उनले आफ्नी पत्नीको चन्द्रमामा जग्गा किन्ने सपनालाई साकार पार्दै डिसेम्बर २४ मा तीन एकड जग्गा उपहार दिएका हुन्। सपनाको नाममा उनका पतिले चन्द्रमाको १४.३ उत्तर अक्षांश, ५.६ पूर्वी देशान्तर, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ को तीन एकड जग्गा उपहार दिएका हुन्।
सपनासँग प्रेमविवाह गरेका धर्मेन्द्र ब्राजिलमा ट्राभल कम्पनी चलाउँछन्।

पृथ्वीमा जस्तै चन्द्रमामा पनि जग्गा किन्ने एउटा लामो प्रक्रिया छ। जग्गा किन्न उनले एक अमेरिकी फर्ममा निवेदन दिएका थिए। जग्गा किन्ने आवेदन स्वीकृत भएपछि सो कम्पनीले कयौंपटक धर्मेन्द्रसँग भिडिओ कन्फ्रेन्समा छलफल गरेको थियो।

यसक्रममा धर्मेन्द्रको आर्थिक तथा पारिवारिक स्थितिको जाँच गरिएको थियो। त्यसपछि एक वर्ष लगाएर लामो कागजी प्रक्रिया पूरा गरिएको थियो।विश्वमा ‘लूना सोसाइटी इन्टरनेशनल’ नामक कम्पनीले मात्र चन्द्रमाको जग्गा आधिकारिक रूपमा बेच्न पाउँछ।

चन्द्रमाको जग्गामा दुई प्रकारको स्वामित्व हुने गर्छ जसमा एउटा स्वामित्व केबल एक वर्षका लागि हुन्छ भने अर्को व्यवस्था अनुसार ४९ वर्षसम्मको स्वामित्व पाइन्छ। धर्मेन्द्रले ४९ वर्षको स्वामित्व किनेका हुन्।यसअवधिमा उनले यो जग्गा जोकोहीलाई बेच्न पाउँछन्।यस्तै जग्गा किन्न भएको सम्झौता अनुसार उनको जग्गामा अनुसन्धान भएमा उनलाई त्यसबापत रोयल्टी प्राप्त हुनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको