Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव यातायात भरपर्दो बनाउन निर्देशन तीन सहसचिव सचिवमा बढुवा स्वच्छ छवि बनाएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी भए सेवा निवृत्त त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

लोकतन्त्र कमजोर बनाउने खेल

admin

डा.डिआर उपाध्याय

अहिले लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने अवस्था सृजना भएको छ । प्रतिगामीलाई प्रोत्साहित गर्ने कार्य संसद विघटन पछिकोअवस्थाले गरिदिएको छ । लोकतान्त्रिक मुल्यर मान्यताका विरुद्ध प्रहार भएको छ । लोकतन्त्रको खिल्ली उडाउने काम भएको छ । लोकतन्त्रको घाँटी निमोठ्ने र आम जनताको वलिदानी पुर्ण संघर्षबाट निर्मित संविधान माथि नै धावा बोल्ने कार्य भएको छ । अब हामी सबै लोकतन्त्रवादी शक्तिहरु लोकतन्त्रको रक्षार्थ सजग र सचेत हुनु पर्ने बेला आएको छ । लोकतन्त्र र लोकतान्त्रिक संविधान नेपाली जनताको ७० वर्ष सम्मको संघर्ष र वलिदानको परिणाम हो ।

विगत लामो समय देखि नेपाली राजनीति अस्थिर हुनुको मुख्य कारण लोकतान्त्रिक प्रणाली सस्थागत हुन नसक्नु हो । स्थिर राजनीति र तिव्र आर्थीक तथा सामाजीक विकास नेपाली जनताको चाहना हो । देश अहिले कोरोना महामारी सँग जुधिरहेको छ । आम नागरिक यो महामारीबाट कसरी बच्ने, उपचार खर्चको जोहो कसरी गर्ने र आर्थीक अवस्था के कसरी सुधार्ने भन्ने विषयमा चिन्तित छन् ।

सरकार आम नागरिकका यी समस्यालाई समाधान गर्न पुर्ण रुपमा असफल भएको छ । यसप्रति जनताको गुनासो छ । अहिले फेरि देशलाई अस्थिरता तर्फ धकेलने काम भएको छ । लोकतन्त्र कमजोर बनाउने खेल कसैले गर्नु हुँदैन । आम नागरिकलाई लोकतन्त्रप्रति विश्वास जगाउनु पर्छ । राज्यका तिनवटं अंग व्यावस्थापिका,कार्यपालिका र न्यायपालिकाका आ –आफ्नै अधिकार हुन्छन् ।

संसद विघटनको यो कदम पछाडि नेकपा भित्रका नेताको अहंकार र व्यक्तिगत स्वार्थको टकराव स्पस्ट देखिन्छ । अलोकतान्त्रिक, असंवैधानिक र गैरसंसदीय काम र व्यवहार विरुद्ध आवाज उठाउनु जनताको अधिकारको कुरा हो । संसद विघटनले राजनीतिक तरलता बढाएको छ । देशमा देशी विदेशी तत्वहरुले राष्ट्रियता र लोकतन्त्र विरुद्ध खेल्न पाउने संभावना बढेर गएको छ ।

देशमा अस्थिर राजनीति भयो भने देशी विदेशी शक्तिहरु खेल्ने मौका पाउँछन् । अहिले त्यही स्थिती सृजना भएको छ । नेपाली जनता अन्योलमा छन् । बिहान बेलुकाको छाक टार्न नेपाली जनतालाई धौ–धौ परेको अवस्था छ । राजनीतिक दल र तिनका नेताहरुले मनपरि गरिरहेका छन् । नेताले जे गर्छन् त्यही सहेर बस्न जनता निरीह छन् ।

जनताको आस्था र विश्वास माथि कुठाराघात भएको छ । संसद विघटन पछि देशका विभिन्न ठाउँमा विरोध, जुलुस र प्रदर्शनहरु दिनौँ भइरहेका छन् । यसले देशमा अशान्ति ल्याउने निश्चित छ । नेपाली जनताले चाहेको स्थायी शान्ति, सुशासन र विकास हो । अब देशमा विकास र समृद्धि हुन्छ, हुन्छ भन्ने बेलामा राजनीतिक वातावरण धमिलिएको छ । यसले आम नेपाली जनतालाई चिन्तत र हत्तोसाहित बनाएको छ । यतिबेला जनताको चेहेरामा चमक छैन् । जनता उत्साही छैनन् । परिस्थिती जटिल बन्दै गएको अवस्था छ ।

अब वर्तमान राजनीति र यसको निकास खोज्न जरुरी छ । सधैभरि झै,झगडा र लडाइं गरेर देशलाई फाइदा छैन । विगतको इतिहास बाट पाठ सिकेर अघि बढ्नु पर्ने बेला आएको छ । दलहरु मिलेर अघि बढ्नु पर्छ । देश विकास र जनताको भाग्य र भविष्य निर्माणमा सबै एक हुनु आजको आवश्यकता हो र देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको