Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

बालिकालाई बलात्कार गर्ने तामाङ पक्राउ

admin

भक्तपुर चाँगुनारायण नगरपालिका–४ की पाँच बर्षीया बालिकालाई एक युवाले जबर्जस्ती करणी गरेको घटना बाहिर आएको छ । चाँगुनारायण नगरपालिका–४ घर भई भक्तपुरकै कमलबिनायक बस्ने ५ वर्षीया बालिकालाई डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको अभियोगमा कमलबिनायक बस्ने १८ बर्षिय बसन्त तामाङ पक्राउ परेका छन् ।
पीडित बालिकाको अभिभावकले निवेदन दिएपछि तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ललितपुर बुङमति स्थायी घर भएका तामाङ भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्दै आएका थिए । तामाङले गत पुष ३० गते बालिका बलात्कार गरेको पीडित बालिकाको अभिभावकले किटानी जाहेरी दिएका छन् । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको