Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण

admin

कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले पहलकदमी नलिने हो भने विद्यालय जाने उमेर समूहका झन्डै आधाजसो विद्यार्थी कक्षाबाहिरै हुने खतरा शिक्षा क्षेत्रकै व्यक्तिले औँल्याएका छन ।

भौतिक कक्षा नचलाएसम्म समस्या
रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको संस्कृत छात्राबासमा बस्ने ३५ जना विद्यार्थी नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेदेखि नै सम्पर्कविहीन अवस्थामा छन् । विद्यालयमा माथिल्लो तहमा अनलाइन कक्षा सञ्चालन गरिए पनि तल्लो तहको कक्षामा उपस्थिति अत्यन्तै न्यून छ ।

विद्यालयका प्रधानाध्यापक शिव अधिकारीले विद्यार्थीसित सम्पर्क स्थापित गर्न धेरै प्रयास गरिएको तर त्यसमा निकै कठिनाइ भएको बताए । भौतिक रूपमा कक्षा सञ्चालन नगरिएसम्म छात्राबास र नियमित कक्षामा पढ्ने विद्यार्थी आउन कठिनाइ देखिएको उनको भनाई छ ।

भौतिक रूपमा कक्षा सञ्चालन गर्न नसकिएको र अनलाइनमा विद्यार्थीको सहभागिता न्यून रहेको उनको भनाइ छ । विद्यार्थीको अनलाइनमा सहभागिताका लागि सहज होस् भनेर बिहान–बेलुकासमेत कक्षा राखिएको भए पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

विद्यार्थी खोजी जारी
काठमाडौँ स्थित कोटेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज कुँवर कोरोनाका कारण विद्यार्थीको पठनपाठन लामो समयसम्म हुन नसके पनि कक्षा छोड्ने दर बढ्न नदिने र पुराना विद्यार्थीको खोजी कार्य जारी राखिएको बताउन्छन ।

भौतिक कक्षा सञ्चालन नभएसम्म विद्यार्थीको प्रभावकारी उपस्थिति हुन समस्या देखिएको उनको भनाई छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये हाल २५ प्रतिशतको हाराहारीका विद्यार्थीले विद्यालयको सम्पर्क बाहिर रहेको जानकारी उनले जनाए ।
गोरखापत्र दैनिकबाट


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको