Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

सवारी दुर्घटनामा दुईको मृत्यु

admin

पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बीआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक आज एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत विहार राज्य चम्पारण जिल्ला गमहरिया पञ्चायत बस्ने २० वर्षीय रङ्गिला कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

गम्भीर घाइते चालक मण्डललाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र ट्रक चालक रङ्गिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै ट्याङ्करका सहचालक मोरङको धनपाल गाउँपालिका–३ बस्ने २२ वर्षीय धनराम यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने ट्रकका सहचालक भारतीय नागरिक जावेद आलमको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको