Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १४ हजार ७४४ संक्रमितको मृत्यु

admin

कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको संक्रमण विश्वका २१८ मुलुकमा फैलिरहँदा मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार (१५ पुसमा) १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा धेरै संक्रमितको मृत्यु भएको छ । युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरूमा पनि एकैदिन ५ हजार बढी संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ हजार ९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ३ लाख ५० हजार ७७८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ हजार ५९१ संक्रमितको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ हजार ७९६, अफ्रिकामा ७०१ र ओसिनियामा पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४३० पुगेको हो ।

यसमध्ये १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २३ हजार ५१० जना संक्रमणमुक्त भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको