Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

धुर्मुस सुन्तलीको चौथो योजना एकीकृत नमूना बस्ती भोली हस्तान्तरण गरिने

admin

रौतहट : धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्माण गरिएको सन्तपुर एकीकृत नमूना बस्ती माघ २३ गते बाढीका कारण बिस्थापित भएका पिडितहरुलाई हस्तान्तरण गरिने भएको छ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो ।

गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब रु पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको