Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

नयाँ कोरोना भाइरस फैलिन थालेपछि भारतको दिल्लीमा ‘नाइट कर्फ्यु’

admin

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिक धमाधम संक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको छ।

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेको हो।

साथै जनवरी १ का दिन पनि राति ११ बजेदेखि २ बजेम्म रात्रिकालीन कर्फ्यु लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतबाट भारत फर्किएका २० यात्रुमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भइसकेको छ। नयाँ वर्ष (सन् २०२१) का बेला भीडभाड बढ्ने र संक्रमण अझ फैलिन सक्ने खतरा विचार गर्दै भारत सरकारले रातिको समय कर्फ्यु लगाउने घोषणा गरेको हो। अहिले भारतले बेलायत उडानमा पनि प्रतिबन्ध लगाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको