Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

चीनले पनि बनायो कोरोनाको भ्याक्सिन

admin

चीनले सरकारी स्वामित्वसमेत रहेको कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई आम प्रयोगका लागि अनुमति दिएको छ। चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको खोपलाई बिहीबार अनुमति दिएको हो। यसअघि अमेरिका र बेलायतमा बनेका खोपहरूले मात्र प्रयोग अनुमति पाएका थिए भने रूसले स्पुतनिक भी भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण नै नगरी स्वीकृति दिएको थियो।

चिनियाँ भ्याक्सिनको प्रभावकारिताबारे विस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन। बुधबारमात्रै सिनोफार्मले आफ्नो खोप कोरोनाविरूद्ध ७९.३४ प्रतिशत प्रभावकारी भएको बताएको थियो। यो खोप पनि दुई डोज लगाउनु पर्छ। यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको