Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

नयाँ वर्षसँगै बढ्ने भयो कोरियामा कार्यरत नेपालीको तलब

admin

दक्षिण कोरियाले अंग्रेजी नयाँ वर्षसँगै कामदारको न्यूनतम तलबमा वृद्धि गरेको छ । यो निर्णयसँगै कामदारले अब तलबभन्दा १.५ प्रतिशतले बढी तलब पाउनेछन् ।

प्रतिघन्टा ८ हजार ७२० वन पाउने दक्षिण कोरियाली सरकारले जनाएको छ । सन् १९८८ यता कोरियाले कामदारको तलबमा वृद्धि गरेको हो । कोरोनाभाइरस महामारीले अहिले दक्षिण कोरिया आर्थिक संकटसँग जुधिरहेको छ ।

सातामा ४० घन्टा काम गर्ने कामदारको ज्याला अब मासिक १८ लाख २२ हजार ४८० वन पुग्नेछ । यसको नेपाली मूल्य १ लाख ८२ हजार नेरु हुन आउँछ । राति १० देखि बिहान ६ बजेसम्म काम गर्नेले भत्ता समेत पाउनेछन् ।

कोरियाको तलब निर्धारण समितिले नवौं बैठकमार्फत यस्तो निर्णय गरेको हो । बढेको तलबसँगै दक्षिण कोरियामा रहेका ४० लाख कामदारसहित ३५ हजार नेपाली कामदारले लाभ उठाउनेछन् । तर, यसलाई उल्लेखनीय तलब वृद्धि चाहिं मान्न सकिंदैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको