Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

सशस्त्र द्वन्द्वमा मारिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई सहिद घोषणा

admin

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वमा मारिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई शहिद घोषणा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणाको निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने, ‘अहिले सहिद घोषणाको नीतिगत निर्णय गरेका छौं र सबै क्षेत्रबाट रेकर्ड माग्ने भनेका छौं ।’ उनका अनुसार द्वन्द्वकालमा मारिएका सेना, प्रहरी, सशस्त्र, शिक्षक, निजामति कर्मचारीलाई सहिद घोषणा गरिएको हो । सहिदहरुको सूची केही पछि मात्र सार्वजनिक गरिनेछ ।

अहिले सहिद घोषणा भएकाहरु मध्ये केहीको परिवारले आर्थिक सहायता पाइसकेको भएपनि केहीले नपाएको भन्दै सरकारले केही आर्थिक दायित्व थप हुनसक्ने बताएको छ ।

मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको म्याद फेरि थप गरेको छ । दुबै आयोगको म्याद एकएक वर्ष थप गर्ने निर्णय गरेको हो ।

उच्चस्तरीय शिक्षा आयोगको म्याद चार महिना थप गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको