Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

सशस्त्र द्वन्द्वमा मारिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई सहिद घोषणा

admin

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वमा मारिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई शहिद घोषणा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणाको निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने, ‘अहिले सहिद घोषणाको नीतिगत निर्णय गरेका छौं र सबै क्षेत्रबाट रेकर्ड माग्ने भनेका छौं ।’ उनका अनुसार द्वन्द्वकालमा मारिएका सेना, प्रहरी, सशस्त्र, शिक्षक, निजामति कर्मचारीलाई सहिद घोषणा गरिएको हो । सहिदहरुको सूची केही पछि मात्र सार्वजनिक गरिनेछ ।

अहिले सहिद घोषणा भएकाहरु मध्ये केहीको परिवारले आर्थिक सहायता पाइसकेको भएपनि केहीले नपाएको भन्दै सरकारले केही आर्थिक दायित्व थप हुनसक्ने बताएको छ ।

मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको म्याद फेरि थप गरेको छ । दुबै आयोगको म्याद एकएक वर्ष थप गर्ने निर्णय गरेको हो ।

उच्चस्तरीय शिक्षा आयोगको म्याद चार महिना थप गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको