Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

अमेरिका पठाउछु भन्दै १ करोड ५० लाख ठगी गर्ने पण्डित पक्राउ

admin

अमेरिका पठाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले गोकर्णेश्वर-८ बेंसी गाउँबाट १ जनालाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका इचोक घर भएका सुलभ पण्डितले विभिन्न व्यक्तिहरूबाट एक करोड ५० लाख ठगी गरेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। महिलाहरूलाई फेसबुकमार्फत आफु अमेरिकन आर्मी भएको परिचय दिँदै ठगी गरिएको भेटिएको प्रहरीले जनाएको छ।

२९ वर्षीय पण्डितले ठगी प्रयोजनकै लागि तीनवटा नेपाली नागरिकता प्रयोग गरेको भेटिएको छ। श्रेष्ठले भने, मनिस बस्नेत, नरेन्द्र बहादुर पण्डित, सुलभ पण्डित क्षेत्री हुं भनी हालसम्म १४ जनालाई १ करोड ५० लाख रूपैया भन्दा बढी ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई पक्राउ गरिएको हो। पण्डितलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तीनवटै नागरिकताबाट बैंक एकाउन्टसमेत सञ्चालन गर्दै आएका उनीविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा ४ करोड ९५ लाख बराबरको ठगी गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। जाहेरी पीडितहरू आउने क्रम अझै जारी रहेकोले पीडित धेरै हुनसक्ने प्रहरीको अनुमान रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको