Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल

अमेरिका पठाउछु भन्दै १ करोड ५० लाख ठगी गर्ने पण्डित पक्राउ

admin

अमेरिका पठाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले गोकर्णेश्वर-८ बेंसी गाउँबाट १ जनालाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका इचोक घर भएका सुलभ पण्डितले विभिन्न व्यक्तिहरूबाट एक करोड ५० लाख ठगी गरेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। महिलाहरूलाई फेसबुकमार्फत आफु अमेरिकन आर्मी भएको परिचय दिँदै ठगी गरिएको भेटिएको प्रहरीले जनाएको छ।

२९ वर्षीय पण्डितले ठगी प्रयोजनकै लागि तीनवटा नेपाली नागरिकता प्रयोग गरेको भेटिएको छ। श्रेष्ठले भने, मनिस बस्नेत, नरेन्द्र बहादुर पण्डित, सुलभ पण्डित क्षेत्री हुं भनी हालसम्म १४ जनालाई १ करोड ५० लाख रूपैया भन्दा बढी ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई पक्राउ गरिएको हो। पण्डितलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तीनवटै नागरिकताबाट बैंक एकाउन्टसमेत सञ्चालन गर्दै आएका उनीविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा ४ करोड ९५ लाख बराबरको ठगी गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। जाहेरी पीडितहरू आउने क्रम अझै जारी रहेकोले पीडित धेरै हुनसक्ने प्रहरीको अनुमान रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको