Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

कोरोनाका कारण बन्द गरिएका विद्यालयलगायत सबै क्षेत्र खुल्ला हुँदै

admin

कोरोना महामारीका कारण गएको चैत ११ गतेबाट बन्द गरिएका सबै क्षेत्र खुल्ला गरिने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले चैतमा बन्द गरिएका सबै क्षेत्र खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले विद्यालय, सिनेमा हल, जिमलागयत सबै क्षेत्र खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिए।

उनका अनुसार कोरोनाको नयाँ स्ट्रेन देखिएका कारण बेलायतलगायतका मुलुकबाट नेपाल आउनेहरुलाई १० दिन क्वारेन्टिन गर्ने विषयमा पनि निर्णय भएको छ। यस्तै कोरोनाको दोस्रो लहर आउन सक्ने भएकाले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेसमेत बताएको छ। र आवश्यकता अनुसार क्षेत्र विशेषमा निर्णय गर्नका लागि जिल्लालाई अधिकार दिनेसमेत निर्णय गरिएको छ।

चैतमा लकडाउनसँगै बन्द भएका अन्य क्षेत्र खुले पनि विद्यालय, सिनेमा हल, जिमलगायत खुलेका थिएनन्। तर, सिनेमा हल भने सिनेमा क्षेत्रले आफूखुशी खुला गरिसकेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको