Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

देशभर वर्षा र हिमपातको सम्भावना, चिसो थप बढ्ने

admin

देशभरको मौसम सोमबार बदली हुने र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको हो । यस्तै सोमबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यो हिउँदको पानी पर्न थालेको छ । सोमबार बिहान केहीबेर काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा छिटफुट वर्षा भयो । दिनभर पनि पानी पर्ने सम्भावना छ ।’

अहिले देशभर सामान्य बदली रहेको छ। सोमबार दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू९भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ को भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरि राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

यसैबिच देशका उच्च पहाडी र हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडि भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

यस्तै बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केहि गिरावट आई देशैभरि चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न सजग रहन सबैमा आग्रह पनि गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको