Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख नाघ्यो

admin

कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ८४ लाख ९९ हजार ८ सय ६३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख ६ हजार ६ सय ९३ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा ६ करोड ३६ लाख १० हजार ६ सय ८६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ३ लाख ७४ हजार १ सय २४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड ३१ लाख ४३ हजार ३ सय १७ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ४ सय ९८ पुगेको छ भने संक्रमितको संख्या ७९ लाख ६१ हजार ६ सय ७३ पुगेको छ ।

त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ५७ पुगेको छ भने संक्रमितको संख्या ३३ लाख ३२ हजार १ सय ४२ पुगेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको