Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

admin

आज समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन बढ्दैछन् । यस्ता घटना हुनबाट जोगाउन समाजमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन जरुरी छ ।

अहिलेको युग सञ्चार र प्रविधिको युग हो । यसको सही सदुपयोग गर्न सकेको खण्डमा धेरै फाइदा छन् तर यसको गलत दुरुपयोगको कारणले गर्दा समाजमा अपराध निम्ताएको छ । सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले प्रसय पाएको छ । आज केही मानिस चेतनाको अभावले पशुजस्तो व्यवाहार देखाउँछन् । हाम्रो समाजमा घरभित्रै बाबुले छोरीलाई , छोराले आमालाई र दाजुले बहिनीलाई ससूराले बुहारीलाई, देवरले भाउजूलाई ,जेठाजुले बुहारीलाई बलात्कार गर्ने गरेका घटनाका समाचारहरु दिनहुँ जसो आइरहेका हुन्छन् ।

हाम्रो पुरुष प्रधान समाजमा महिलालाई छोरीमात्र जन्माएकै कारण पति, सासू, ससुरा र नन्द मिलेर चरम मानसिक र शारीरिक यातना दिई हत्या गरेका घटनाहरु पनि सुन्नमा आउँछन् । यतिमात्रै नभई हाम्रो समाजमा दाइजो प्रथाको नाममा महिलामाथि चरम यातना दिने र जिउँदै जलाउने कार्य अझैपनि रोकिएको छैन । विशेषगरि यस्ता घटनाहरु तराइ मधेसका समुदायमा घट्ने गर्छन् । आजको यो २१ औं शताब्दीमा पनि रुढिवादी परम्परा र अन्धविश्वाससँग जोडेर बोक्सीको नाउँमा कुटपिट गरी हत्या गर्ने तथा मलमूत्र खुवाउने कार्य पनि रोकिएको छैन ।

दिनहुँ जसो यस्ता घटना घटिरहँदा पनि महिला अधिकारकर्मी र सरोकारवाला सरकारी निकायहरु तारे होटलमा गरिने गोष्ठीमा मात्र सिमित भए कार्यन्वयनमा भने शुन्यता भयो । जसले गर्दा अपराधीहरुको मनोबल बढेको देखिन्छ । सरकारले अपराध सम्बन्धित यस्ता पाशविक क्रियाकलापलाई रोक्न नखोज्दा अपराधीलाई खुलेआम प्रोत्साहन मिलेको छ । यस्ता अपराधीहरुलाई कारवाही गर्न कडाभन्दा कडा कानुनको आवश्यकता छ । हाम्रो देशमा कडा कानुनको अभावले यस्ता घटनाहरु पटक पटक दोहोरिने गर्छन् । पैसा र पहुँचको भरमा केही अपराधीहरुले छुटकारा पाएका छन् । जसले गर्दा नागरिकहरुले देशमा न्याय मोरेको अनुभुति गर्ने गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको