Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

कोरोनाको खोप खरिदका लागि सरकारद्वारा आर्थिक सहयोगको आह्वान

admin

सरकारले कोरोना विरुद्धको खोप खरिद खरिद गर्न रकम अभाव भएको भन्दै आर्थिक सहयोगको आवह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशित गर्दै खोप खरिदका लागि आवश्यक पर्ने रकम सहयोगको आह्वान गरेको हो।

मन्त्रालयको तर्फबाट गोरखापत्रमा प्रकाशित सूचनामा खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको बताइएको छ।

सूचनामा भनिएको छ, ‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ।’

आर्थिक सहयोग गर्न चाहानेहरुले कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने सरकारले उक्त सूचना मार्फत जानकारी दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको