Logo
07 Oct 2024    २१ आश्विन २०८१, सोमबार

ताजा खबर

दुर्गा प्रसाईँ पक्राउको विरोधमा आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो

आज माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाईदै

admin

-डा.डिआर उपाध्याय

आज माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाईँदै छ । यो पर्व विशेष गरि नेपालका थारु,मगर , छन्त्याल लगायत आदिवासीहरूले आफ्नै संस्कार र परम्पराअनुरूप मौलिक रूपमा यो पर्व धुमधामसँग मनाउँछन् । काठमाडांै उपत्यकाका आदिवासी नेवार र त्यस्तै अन्य समुदायले पनि आआफ्नै संस्कार अनुसार मनाउँदै आइरहेका छन् । हिन्दूहरूले पवित्र धार्मीकस्थल देवघाट,रुरुक्षेत्र लगायत विभिन्न स्थान र पवित्र नदी संगममा स्नान गरी देवता र पितृहरूलाई तर्पण दिई मनाउने प्रचलन रहिआएको छ ।
यस पर्वमा विशेष गरि तिलको लड्डु, घिउ, चाकु तरुल, सखरखण्ड खाएर मनाइने चलन छ । १२ महिनामा हुने १२ राशीअनुसार यो माघ महिनामा मकर राशी पर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि रात छोटो हुँदै जाने र दिन लामो हुँदै जान्छ, यो प्राकृतिक नियम नै हो । यो दिन तराईका आदिवासी थारुहरूले माघी संक्रान्ति र तिला संक्रान्ति भन्दै धुमधामसँग मनाउने गर्छन । यो दिनदेखि थारूहरूको नयाँ वर्ष शुरु हुने भएकोले पाँच दिन सम्म रमाइलो गर्दै माघीचाड मनाउँछन् ।
थारू समुदायमा सँुगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । मगर समुदायले पनि माघेसंक्रान्ति चाड मनाउँछन् । यस पर्वमा विशेष गरेर धनुषवाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर र माछा मासु खाने र मासको दाल भात र नुन एकै ठाउँमा पकाई खिचडी बनाई खाने र खिचडी नै पितृृलाई पिण्ड दिने उनीहरुको चलन छ । यो दिन मगरहरूले आफ्ना चेलीवेटी र इष्टमित्रहरूलाई बोलाई भोज खुवाउने चलन छ । मगर समुदायले यो पर्वलाई राष्ट्रिय पर्वको रूपमा मान्दै आएका छन् । चाडपर्व भनेकै हाम्रा पहिचान हुन् । परम्परागत रुपमा मनाउँदै आएका यस्ता चाडपर्वलाई निरन्तरता दिई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको