Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

अत्याधिक सवारी चाप हुने थप दुई स्थानमा अण्डरपास रोड निर्माण हुने

admin

काठमाडौं । धेरै सवारी चाप हुने क्षेत्र कलंकीमा निर्माण भैरहेको सवारी अण्डरपास रोड जस्तै सवारी चाप अधिक रहने महाराजगञ्ज र नयाँबानेश्वरमा पनि सुरुङमार्ग निर्माणको योजना अगाडि बढेको छ । कलंकीमा अन्डरपास निर्माण अन्तिम चरणमा पुग्दै गर्दा सरकारले थप दुई ठाउँमा पनि सम्भाव्यता अध्ययन थालेको हो ।सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भएको छ ।

यसअघि दुवै स्थानमा फ्लाइओभर निर्माण गरेर सवारी व्यवस्थापन मिलाउने सरकारी योजना थियो । काठमाडौं–भक्तपुर ६ लेन सडकको एक मुख्य खण्ड हो, नयाँबानेश्वर चोक । र, चक्रपथमा पर्ने महाराजगञ्ज सडकलाई पनि आठ लेनको बनाउने योजना छ ।

सडक विस्तारसँगै फ्लाइओभर निर्माण असम्भव भएकाले अन्डरपासको योजना अगाडि सारिएको सडक विभागको भनाइ छ ।

अनुसार चार वर्षभित्र अन्डरपास नै तयार पारिसक्ने सोचअनुसार अध्ययन गर्न लागिएको हो । र, सम्भाव्यता अध्ययन १० महिनामा सक्ने योजना रहेको जानकारी विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले दिए । ‘काठमाडौंको जाम हटाउन सडक विस्तारसँगै अन्डरपासहरुको निर्माण गर्नुपर्ने देखियो, त्यसैले अहिलेलाई दुई स्थानमा अध्ययन गर्न लागिएको हो,’ थापाले भने ।

नयाँबानेश्वरमा कोटेश्वर, तीनकुने, रत्नपार्क, शंखमुल, पुरानोबानेश्वर र अनामनगर आउजाउ गर्ने सवारीसाधनको चाप रहन्छ । महाराजगञ्जमा चक्रपथ, लाजिम्पाट, बालुवाटार, बूढानीलकण्ठ आउजाउ गर्ने सवारी साधनले जाममा फस्नुपर्छ । नयाँबानेश्वरमा बन्ने अन्डरपासका कारण पुरानोबानेश्वर, शंखमुल, कोेटेश्वर र बबरमहलतर्फ आउजाउ गर्ने सवारी साधनले जाममा फस्नु पर्दैन । महाराजगञ्जको अन्डरपासले लाजिम्पाट, बूढानीलकण्ठ आउजाउ गर्ने सवारी पनि ट्राफिक जामबाट मुक्त हुनेछन् ।

दुवै सुरुङमार्ग स्वदेशी लगानीमै निर्माण गर्ने विभागको योजना छ । तर, महाराजगञ्जको अन्डरपासका लागि चिनियाँ पक्षले पनि चासो देखाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको