Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

अत्याधिक सवारी चाप हुने थप दुई स्थानमा अण्डरपास रोड निर्माण हुने

admin

काठमाडौं । धेरै सवारी चाप हुने क्षेत्र कलंकीमा निर्माण भैरहेको सवारी अण्डरपास रोड जस्तै सवारी चाप अधिक रहने महाराजगञ्ज र नयाँबानेश्वरमा पनि सुरुङमार्ग निर्माणको योजना अगाडि बढेको छ । कलंकीमा अन्डरपास निर्माण अन्तिम चरणमा पुग्दै गर्दा सरकारले थप दुई ठाउँमा पनि सम्भाव्यता अध्ययन थालेको हो ।सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भएको छ ।

यसअघि दुवै स्थानमा फ्लाइओभर निर्माण गरेर सवारी व्यवस्थापन मिलाउने सरकारी योजना थियो । काठमाडौं–भक्तपुर ६ लेन सडकको एक मुख्य खण्ड हो, नयाँबानेश्वर चोक । र, चक्रपथमा पर्ने महाराजगञ्ज सडकलाई पनि आठ लेनको बनाउने योजना छ ।

सडक विस्तारसँगै फ्लाइओभर निर्माण असम्भव भएकाले अन्डरपासको योजना अगाडि सारिएको सडक विभागको भनाइ छ ।

अनुसार चार वर्षभित्र अन्डरपास नै तयार पारिसक्ने सोचअनुसार अध्ययन गर्न लागिएको हो । र, सम्भाव्यता अध्ययन १० महिनामा सक्ने योजना रहेको जानकारी विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले दिए । ‘काठमाडौंको जाम हटाउन सडक विस्तारसँगै अन्डरपासहरुको निर्माण गर्नुपर्ने देखियो, त्यसैले अहिलेलाई दुई स्थानमा अध्ययन गर्न लागिएको हो,’ थापाले भने ।

नयाँबानेश्वरमा कोटेश्वर, तीनकुने, रत्नपार्क, शंखमुल, पुरानोबानेश्वर र अनामनगर आउजाउ गर्ने सवारीसाधनको चाप रहन्छ । महाराजगञ्जमा चक्रपथ, लाजिम्पाट, बालुवाटार, बूढानीलकण्ठ आउजाउ गर्ने सवारी साधनले जाममा फस्नुपर्छ । नयाँबानेश्वरमा बन्ने अन्डरपासका कारण पुरानोबानेश्वर, शंखमुल, कोेटेश्वर र बबरमहलतर्फ आउजाउ गर्ने सवारी साधनले जाममा फस्नु पर्दैन । महाराजगञ्जको अन्डरपासले लाजिम्पाट, बूढानीलकण्ठ आउजाउ गर्ने सवारी पनि ट्राफिक जामबाट मुक्त हुनेछन् ।

दुवै सुरुङमार्ग स्वदेशी लगानीमै निर्माण गर्ने विभागको योजना छ । तर, महाराजगञ्जको अन्डरपासका लागि चिनियाँ पक्षले पनि चासो देखाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको