Logo
07 Oct 2024    २१ आश्विन २०८१, सोमबार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ?

admin

-डा.डिआर उपाध्याय

मुलुक राजनीतिक अस्थिरता तर्फ जाने खतरा बढेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रावधान प्रयोग गरी प्रतिनिधि सभा विघटन गरेपछि यो अवस्था सृजना भएको हो । मुलुकको राजनीतिक अवस्था बिग्रियो । अहिलेको गतिविधिले राजनीति संकट निम्त्याउँदै छ । सरकार गठनको सुरुवातबाटै सत्तारुढ दलभित्र खटपट हुन थालेको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहार र कार्यशैलीमा दम्भ र अहङ्कार बढेकोले बिभाजनको रेखा कोरिएको हो ।

ओलीले आफ्नै ढिपी छोडेनन् । प्रचण्डले ओलीलाई ‘साइज’मा ल्याउने कसरत गरे । जसले गर्दा अन्ततः सत्तारुढ दल नेकपा दुई खेमामा विभाजन हुने अवस्थामा पुग्यो । नेतृत्वको अहङ्कार र सर्वसत्तावादी चिन्तनले नेकपालाई सिद्धायो । अध्यक्षद्वय एक अर्काप्रति कटाक्ष गर्दै हिँड्ने अवस्थामा पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशले नयाँ जनादेश दिने हो कि मुलुकमा अस्थिरता निम्ताउने हो त्यो भने हेर्न बाँकी छ । के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ? कुनै नेताको रिस वा आवेगले मुलुकलाई अस्थिरतामा लान मिल्दैन ।दलभित्रको आन्तरिक विवादले संसद् विघटन भएपछि सत्तारुढ दल दुई खेमामा विभाजित भएको छ । केपी ओली खेमा चुनाव हुन्छ भन्दै चुनावको तयारीमा देश दौडाहामा लागिसके ।

चुनाब होला वा नहोला त्यो आफ्नो ठाउँमा छ । अर्को दाहाल –नेपाल खेमा संसद पुनस्थापना हुनुपर्ने पक्षमा खरो उत्रेका छन् । यही विषयलाई लिएर अन्य राजनीतिक दलसँग मोर्चाबन्दी गर्ने रणनितीमा छन् । प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा पुगेको हुनाले सम्मानित अदालतको फैसला नै अन्तिम निर्णायक हुन्छ । दलहरु अदालतको फैसलाको पर्खाइमा छन् । यसका बारेमा कसैले पनि अनावश्यक टीकाटिप्पणी गर्न उचित हुँदैन् ।

पछिल्लो समयमा आएर नेकपाका नेताहरूको भाषणवाजी जनमानसमा अपच भइसक्यो । अब भाषण होइन परिणाम चाहिएको छ । चुनावको बेलामा उमेदवारको क्षमता, दक्षता, दूरगामी सोच भएको उमेदवार नछान्दा आज मुलुकले यो दुर्दशा भोग्नु परिरहेको छ । जनताले राजनीतिक स्थिरताको आशामा नेकपालाई करिब दुई तिहाइको नजिक मत दिएर सत्तामा पठाएका थिए । नेकपाका अध्यक्षद्वय ओली र दाहाल दुवै नेताले जनताको पक्षमा लोकप्रिय काम गर्छन् भन्ने आम जनतामा भ्रम परेको थियो ।

तर, नेकपाको आन्तरिक विवादका कारण पार्टी दुई खेमामा विभाजन भएपछि जनतामा निराशा बढेको छ । मुलुकमा कोरोना महामारीका कारणले जनता भोकै छटपटिदा पनि सत्तारुढदलका शीर्ष नेताहरु कानमा तेल राखेर बसे । मजदुर एकछाक खानको लागि सडकमा लाम लागेको कारुणिक दृश्य देखेर पनि मौन बसे । नेकपाका नेताहरुले यी समस्या उठाएर ओलीसँग सबालजबाफ गर्न कहिल्यै आँट गरेनन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको