Logo
18 Apr 2024    ६ बैशाख २०८१, बिहीबार

ताजा खबर

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ- अर्थमन्त्री पुन ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि… पोखरामा दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ? नेपाल बिना भारत अधुरो जसरी सीता बिना.. धीरेन्द्र शास्त्री बागेश्वर महाराज

नेकपा दुई खेमामा विभाजित भएपछि चुनाव कांग्रेसको लागि ठुलो अवसर

admin

-डा.डिआर उपाध्याय

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादको कारण प्रतिनिधिसभा विघटन भयो । संसद विघटनपछि मुलुकको राजनीति अन्योलमा परेको छ । मुलुकको राजनीतिले कहिले निकास पाउँछ भन्ने यकिन छैन । सरकारले अघि सारेको विकास र समृद्धिको नारा पनि अधुरो रहने संभावना देखिएको छ । विकास समृद्धि र सुशासन सरकारका कार्यभार हुन्। तर नेकपा दुई खेमामा विभाजित भएपछि यी कार्यभार पुरा नहुने संकेत देखिएको छ । सुरुका दिनमा नेकपा नेतृत्वको सरकार प्रति आम जनतामा एक प्रकारको आशा थियो ।

अहिले आशा निराशामा परिणत भएको छ ।देशमा विकास समृद्धि र सुशासन कायम होला भनेर जनताले केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नेकपालाई बहुमत दिएका थिए । अहिले माथिबाट तलसम्म विभाजनको दिशामा नेकपा गएको छ । जसले गर्दा तिनै तहका सरकारमा विकास निर्माणका काम प्रभावित भएका छन् । अहिले नेताका अहम् र आकांक्षाको टकरावले सिंगो मुलुक बन्धक बनेको छ । संविधानको भावना माथि प्रहार भएको छ ।यदि सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदन सही ठहर गरेर फैसला दियो भने मुलुक निश्चित रुपमा निर्वाचनमा जाने छ ।

अब निर्वाचन नहुन्जेलका लागि ओली नेतृत्वको सरकार रहने निश्चित छ । अहिले मुलुक प्रतिनिधिसभाविहीन अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले अहिले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने बाटो खोज्नु उचित हुनेछ । यदि संसद पुनस्थापना नभए दलहरु चुनावमा सहभागी भै मुलुकलाई सही दिशामा फर्काउनु पर्छ । दलहरु सहभागी नभएको निर्वाचन अर्थपूर्ण हुँदैन । त्यसैले संसद पुनस्थापना नभए दलहरु ताजा जनादेश लिनका लागि निर्वाचनमा जानै पर्छ ।

लोकतन्त्रलाई बचाउँने भनेको निर्वाचन हो । चुनावमा जान दलहरु हिचकिचाहट गर्नु हुँदैन । नेकपा दुई खेमामा विभाजित भएपछि नेपाली कांग्रेसको लागि चुनाव ठुलो अवसर हो । अब नेपाली कांग्रेसले विगतका कमी कमजोरी सच्चाउँदै पार्टीलाई एक ढिक्का बनाउन सकेको अवस्थामा आउँदो चुनावमा बहुमत निश्चित छ । यो अवसरलाई सदुपयोग गर्ने वा दुरुपयोग गर्ने कांग्रेसको हातमा छ । वर्तमान घटनाक्रमले नेकपाको बहुमत आउने सम्भावना कम छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको