Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा

admin

 कोभिड–१९ का कारण विगत १० महिना सम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्।

काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर विद्यालय संचालनमा ल्याइएको छ।’

जनस्वास्थ्यविद डा. शेरबहादुर पुनले कोरोना भाइरस पूर्ण नियन्त्रणमा आएपछि मात्रै विद्यालय संचालन गर्ने भन्ने विषय संभव नभएको उल्लेख गर्दै भने, ‘पहिलो चरणका कोरोना संक्रमण केही नियन्त्रण भएको छ, यो सकारात्मक विषय हो। पूर्णरुपमा कोरोना नियन्त्रण हुन समय लाग्छ। तर जोखिम कायमै रहेको हुनाले विद्यालयले व्यवस्थापकीय पक्षमा विषेश ध्यान दिनुपर्छ।’

स–साना बालबालिकालाई पारिवारिक स्वास्थ्य थाहा नहुने भएकाले बच्चाहरुबाट धेरै पारिवारिक जोखिम हुने उनको भनाइ थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको