Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

ताईवानमा शक्तिशाली भुकम्प, जनधनको ठूलो क्षती

admin

काठमाडौं । ताइवानमा मंगलबार राति ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट हुआलिन शहरका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । कैयौं होटलहरु ढलेका छन् । स्थानीय प्रशासनले राहत र बचाउ कार्य जारी राखेको छ ।  भूकम्पमा परेर हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले लेखेको छ ।

स्थानीय मिडियाहरुले अग्ला होटलहरु भूकम्पको कारण ढलेका, पुलहरु भाँचिएका दृष्य प्रसारण गरेका छन् । मार्शल होटलको भुइँतलामा कयौं मानिस थिचिएको बताइएको छ । स्थानीयको सहयोगमा राहत र बचाउ कार्य जारी राखिएको छ ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार यस भूकम्पको केन्द्र ताइवानको हुआलिन काउन्टी हो ।

मंगलबार आएको भूकम्पभन्दा ठीक दुई वर्ष अघि ६ फेब्रुअरीमा पनि ताइवानमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसमा ११७ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको केन्द्र ताइवानको दक्षिणी शहर ताइनान थियो । त्यतिबेला गोल्डन ड्रागन अपार्टमेन्ट भत्किएको थियो । १७ तले यो अपार्टमेन्टमा २५६ फ्लाट बनाइएको थियो ।

ताइवानमा तीन दिनको अवधिमा यो दोस्रो पटक भूकम्प गएको हो । आइतबार ताइवानमै ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ताइवान दुई टेक्टानिक प्लेटोको बीचमा रहेकाले यहाँ भूकम्प आइरहने भूगर्भविदहरु बताउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको