Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

ताईवानमा शक्तिशाली भुकम्प, जनधनको ठूलो क्षती

admin

काठमाडौं । ताइवानमा मंगलबार राति ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट हुआलिन शहरका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । कैयौं होटलहरु ढलेका छन् । स्थानीय प्रशासनले राहत र बचाउ कार्य जारी राखेको छ ।  भूकम्पमा परेर हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले लेखेको छ ।

स्थानीय मिडियाहरुले अग्ला होटलहरु भूकम्पको कारण ढलेका, पुलहरु भाँचिएका दृष्य प्रसारण गरेका छन् । मार्शल होटलको भुइँतलामा कयौं मानिस थिचिएको बताइएको छ । स्थानीयको सहयोगमा राहत र बचाउ कार्य जारी राखिएको छ ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार यस भूकम्पको केन्द्र ताइवानको हुआलिन काउन्टी हो ।

मंगलबार आएको भूकम्पभन्दा ठीक दुई वर्ष अघि ६ फेब्रुअरीमा पनि ताइवानमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसमा ११७ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको केन्द्र ताइवानको दक्षिणी शहर ताइनान थियो । त्यतिबेला गोल्डन ड्रागन अपार्टमेन्ट भत्किएको थियो । १७ तले यो अपार्टमेन्टमा २५६ फ्लाट बनाइएको थियो ।

ताइवानमा तीन दिनको अवधिमा यो दोस्रो पटक भूकम्प गएको हो । आइतबार ताइवानमै ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ताइवान दुई टेक्टानिक प्लेटोको बीचमा रहेकाले यहाँ भूकम्प आइरहने भूगर्भविदहरु बताउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको