सुरक्षा कारण देखाउँदै अमेरिकी संसद भवन क्यापिटल हिल बन्द

अमेरिकी संसद भवन क्यापिटल हिल सुरक्षा कारण देखाउँदै बन्द गरिएको छ। नव निर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नु दुई दिनअघि क्यापिटल हिल बन्द गरिएको हो।

अमेरिकी कंग्रेसको घर भनिने क्यापिटल हिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले ६ जनवरीमा आक्रमण गरेका थिए। सो घटनामा कम्तिमा ५ जनाको मृत्यु भएको थियो। ट्रम्प बाइडेनसँग पराजित भए पनि उनले शान्तिपूर्ण रुपमा हस्तान्तरणका लागि तत्परता नदेखाएपछि नयाँ राष्ट्रपतिको शपथ ग्रहण अघि अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

बीबीसीका अनुसार क्यापिटल हिलमा जारी रहेको नयाँ राष्ट्रपतिको शपथ ग्रहणको रिहर्सल पनि बन्द गरिएको जनाइएको छ।

र अब क्यापिटल हल भित्र जान र बाहिर आउन कसैले पनि नपाउने बताइएको छ। क्यापिटल हलको सुरक्षाका लागि हजारौं सशस्त्र सैनिक परिचालन गरिएको छ। नेशनल सुरक्षा गार्डलाई परिचालन गरिएको जनाइएको छ।

क्यापिटल हिल नजिकै सोमबार धुवाँ उडेको देखिएकोसमेत बताइएको छ। तर, सुरक्षा अधिकारीहरुले सो स्थानमा आगलागी भएको नियन्त्रणमा ल्याइसकेको जानकारी दिएका छन्।

२० जनवरीमा बाइडेनले राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन्। ट्रम्पले यसअघि नै शपथ ग्रहण कार्यक्रममा सहभागी नहुने बताइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *