Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

छन्देको निर्देशनमा संजित, श्रीदेव र चन्दा अभिनित ‘जुन दिन मलाई’को छायांकन सम्पन्न

admin

एभरग्रिन वल्र्डवाईड ईन्टरटेनमेन्टको निर्माण तथा लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न भएको छ । गोकर्ण स्थित काठमाडौ ट्राउट रिसोर्ट लगायत काठमाडौं वरपरका रमणीय दृश्य कैद गरिएको भिडियोको छायांकन ३ दिनमा सम्पन्न गरिएको जानकारी निर्देशक ढकालले जानकारी दिए ।

हांस्य कलाकारको रुपमा ख्याती कमाएका ढकालले निर्देशनमा समेत जम्ने प्रयासका लागी आफुले मिहिनेत गरेर भिडियोहरु बनाउने तर्फ लागेको बताए । हिजो छायांकन सम्पन्न उक्त भिडियोको गितका गायक कृष्ण राज भण्डारीकै स्वर,शव्द र संगित रहेको छ ।

भने कलाकारहरुमा चकलेटी नायक संजित भण्डारी, श्रीदेव भट्टराई,चन्दा कुईकेल,प्रेम पाण्डे,रोहित कार्की, शुसिला बिडारी लगायत रहेका छन । भिडियोलाई छायांकार रिदम वाईबाले छायांकन गरेका छन भने मेकअप युमिषा पाण्डेको रहेको छ । चांडै नै ‘छन्दे’ च्यानलबाट सार्वजनिक गरिने भिडियोलाई तारा थापा किम्भेले सम्पादन गर्ने छन ।

भिडियोलाई संचारकर्मी भानुभक्त ढकाल,कृष्ण भट्टराई,श्याम स्मृत, जिवन पराजुली, मनिष अन्जान, नवराज भण्डारी, गिता अधिकारी, अरविन्द गौतम, शुसिला तिवारी, कुवेर गिरी, माधव खरेल, शान्ति प्रिय लगायतको साथ रहेको जानकारी निर्माण पक्षले दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको