Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित

admin

अस्ट्रेलिया विरुद्धको टेस्ट सिरिज भारतले जितेको छ । अन्तिम तथा चौथो खेलमा तीन विकेटले विजयी भएसँगै भारतले चार खेलको सिरिज २-१ ले सिरिज जितेको हो । एक खेल भने ड्र भएको थियो ।

अन्तिम तथा निर्णायक म्याचमा अस्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्य भारतले ९७ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । भारतको जीतमा ऋषभ पन्तले उत्कृष्ट पारी खेले । उनले १३८ बलमा एक छक्का र नौ चौकाको सहयोगमा अविजित ८९ रन बनाए ।

त्यस्तै, शुभमन गिलले ९१, चेतेश्वर पुजाराले ५६, कप्तान आजिंक्य रहाणेले २४, वासिङ्टन सुन्दरले २२, मयंक अग्रवालले नौ र रोहित शर्माले सात रनको योगदान दिए । बलिङमा प्याट कमिन्सले चार, नाथन लायनले दुई र जोश हेजलउडले एक विकेट लिए ।  

ब्रिसबेनमा भएको चौथो टेस्टमा अस्ट्रेलिया दोस्रो इनिङ्समा २ सय ९४ रन समेटिएपछि भारतले ३२८ रनको लक्ष्य पाएको थियो । 

दोस्रो इनिङ्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ५५, डेविड वार्नरले ४८, मार्कस ह्यारिसले ३८, क्यामरन ग्रीनले ३७, प्याट कमिन्सले २८, कप्तान टिम पेनले २७, मार्नस लाबुसेनले २५ रन बनाए ।

बलिङमा भारतका मोहमद सिराजले ५, शार्दुल ठाकुरले ४ र वासिङ्टन सुन्दरले एक विकेट हात पारे । पहिलो इनिङ्समा अस्ट्रेलियाले ३६९ रन बनाउँदा भारत ३३६ रनमा अलआउट भएको थियो ।  

अस्ट्रेलियाका लागि पहिलो इनिङ्समा मार्नस लाबुसेनले सर्वाधिक १०८ रन बनाए । बलिङमा टी नटराजन, शार्दुल ठाकुर र वासिङ्टन सुन्दरले सर्वाधिक तीन/तीन विकेट लिएका थिए । 

भारतका लागि पहिलो इनिङ्स शार्दुल ठाकुरले ६७, वासिङ्टन सुन्दरले ६२, रोहित शर्माले ४४, मयंक अग्रवालले ३८, कप्तान अजिंक्य रहाणेले ३७, चेतेश्वर पुजाराले २५, ऋषभ पन्तले २३ र मोहम्मद सिराजले १३ रन जोडे । बलिङमा अस्ट्रेलियाका जोश हजलउडले सर्वाधिक पाँच विकेट लिए । 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको