Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोली नै नेपाल आइपुग्ने

admin

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको