Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोली नै नेपाल आइपुग्ने

admin

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको