Logo
07 Oct 2024    २१ आश्विन २०८१, सोमबार

ताजा खबर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

अब कृषिक्रान्तिमा जोड गरौँ

admin

हाम्रो देश नेपाल विश्वमान चित्रमा कृषि प्रधान देश भनेर चिनिन्छ । तर हामी अझैसम्म कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । जबसम्म हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौँ तब सम्म देश समृद्धि तर्फ जान सक्दैन । यो युग प्रविधिको युग हो । अन्य विकसित देशमा कृषिमा नयाँ नयाँ प्रविधिको विकास भएको छ । तर हाम्रो देशमा अहिले सम्म पनि परम्परागत रुपमा नै किसानहरु कृषि पेसा गर्न बाध्य छन् । यो हाम्रो देशको बाध्यता हो ।

युवा जनशक्तिको अभावमा धेरै खेतीयोग्य जमिन बाँझा छन् । युवाहरु रोजगारीको अवसर नपाएर विभिन्न देशमा आफ्नो श्रम बेच्न विवश छन् । राज्यले युवावर्गलाई कृषि सम्वन्धि तालिम र कृषिमा आधुनिक उपकरण उपलब्ध गराउँन सकेको खण्डमा खेतीयोग्य जमिन बाँझा रहने थिएनन् । जसले गर्दा अरु देशको उत्पादनमा परनिर्भर हुनु पर्ने अवस्था आउने थिएन । अब राज्यले ढिलाइ नगरी युवा लक्षित कृषि कार्यक्रम ल्याउनुपर्छ ।

जसले युवावर्गलाई आर्कषित गर्न सकोस । जस्तै कृषिमा पशुपालन, माहुरीपालन,माछापालन बंगुर पालन आदि । किसानहरुलाई खेतीपाती गर्दा समयमा बिउ ,मल प्रविधि युक्त मेसिनहरु राज्यले उपलब्ध गराउन सकेको खण्डमा कृषि क्षेत्रले फड्को मार्ने थियो । विश्वका धेरै देशले कृषि क्षेत्रबाट समृद्धि हासिल गरेको देखिन्छ । तर हामी हाम्रो देशको उर्वर भूमि हुँदाहुँदै पनि कृषिमा आत्म निर्भर बन्न सकेनौँ यो नै चिन्ताको विषय हो ।

पछिल्लो समयमा आएर खेतीयोग्य जमिन घर घडेरीमा परिणत भएका छन् । यसले तत्काल नभएपनि पछि समस्या निम्ताउने निश्चित छ । जग्गा जमिनहरुको मुल्य पनि ठाउँ ठाउँमा हचुवाका भरमा बढेर गएका छन् । हाम्रो देश यतिबेला रेमिट्यान्सको भरमा चलेको छ । यदि देशमा रेमिट्यान्स नभित्रिने होभने देशको अर्थतन्त्रको हालत के हुने थियो त्यो कल्पना समेत गर्न सकिदैन । रेमिट्यान्सको भरले देश समृद्धि बन्न सक्दैन । यदि देशलाई समृद्धि र आत्मनिर्भर बनाउने हो भने कृषिक्रान्तिमा जोड दिनु पर्छ ।

अब राज्यको ध्यान कृषिक्षेत्र तिर जानुपर्छ । राज्यले बजेट अरु क्षेत्रमा भन्दा बढी कृषि क्षेत्रमा छुट्टाउनु पर्छ । कृषि सम्वन्धि पढाई सिमित ठाउँमा र सिमित विद्यार्थी भएकोले उत्पादित विद्यार्थीलाई सबैले प्रोत्साहन गर्नु पर्छ । यो समयको माग हो । कृषिक्रान्ति गर्न सकेको खण्डमा देशले समृद्धि छिटो हासिल गर्ने थियो । अब सबैको ध्यान कृषिक्रान्तिमा केन्द्रित हुन जरुरी छ । यसो भयोभने कृषिमा हामी आत्मनिर्भर बन्न सक्छौँ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको