Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

मुलुक असहज परिस्थितिबाट गुज्रिदै

admin

अहिले मुलुक असहज परिस्थितिबाट गुज्रिरहेको छ । यो असहज परिस्थितिमा विदेशी चलखेल पनि बढीरहेको छ । देशमा दिगो शान्ति स्थापित नहुञ्जेल सम्म यस्ता गतिविधि बढिरहन्छन् । नेपाली जनताको चाहना भनेको विकास, समृद्धि र सुशासन हो ।तर यी सबै चाहनाहरु निराशामा परिणत भएका छन् । अहिले देशमा जे जति राजनीतिक दलहरुले राजनीति गरेका छन् । ती सबै जनताको भलाई भन्दा व्यक्तिगत स्वार्थमा लिप्त भएको देखियो । जनतामा कुनै आशा जगाउने किसिमले कुनै दलले काम गर्न सकेका छैनन् ।

अहिले नेपालमा सिद्धान्तको राजनीति सबैजसो दलहरुले छोडेको देखिन्छ । किनभने सिद्धान्तको राजनीति गरेको भए सिद्धान्त बमोजिम व्यवहारमा कार्यन्वयन हुन्थ्यो ।त्यो हुन सकेको छैन । त्यसैले राजनीतिप्रति नेपाली जनतामा वितृष्णा बढ्दै गएको छ । नेताहरुमा गलत प्रवृति हावी हुँदै जादा नेपालमा राजनीति त्यति सम्मानित हुन सकेको छैन । यसमा सुधार ल्याउन आवश्यक छ । दलहरु नीति, सिद्धान्त ,र विचारले चल्नु पर्छ । पछिल्लो समय त्यस्तो देखिदैन । नेकपा नीति ,सिद्धान्त र विचार अनुसार चल्न नसक्दा प्रतिनिधिसभा विघटन भयो ।

संसद विघटनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नै धरापमा परेको छ । २०७४ सालको आम चुनावमा दुईवटा कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच चुनावी गठबन्धन गरेर बहुमत प्राप्त गरे तर त्यो बहुमत सत्तास्वार्थमा केन्द्रित हुँदा पार्टी नै विभाजन हुन पुग्यो । अहिले प्रचण्ड–माधव खेमा र ओली खेमा बिच शक्ति संघर्ष चलिरहेको छ । दुई खेमा बिचको लडाइँले आम नागरिक चेपुवामा परेका छन् ।

जनताले कुन समूह ठिक र कुन समूह बेठिक भनेर छुट्याउन सकिरहेका छैनन् । मुलुकको सबैभन्दा ठूलो दलमा विभाजन आउनु लोकतन्त्रको लागि खतरा हो । अहिले मुलुकको राजनीति सही बाटोमा उभिन सकेको छैन । अब मुलुकको राजनीतिलाई सही बाटोमा ल्याउन कि त संसद पुनस्थापना हुनुप–यो कि त चुनाव नै हुनुप–यो यो बाहेक अरु कुनै विकल्प छैन । अहिले मुलुकमा संवैधानिक संकट र राजनीति संकट दुबै छ । यसबाट निकास नआउदा सम्म अहिले सम्मका प्राप्त उपलब्धीहरु धरापमा परेका छन् । लोकतन्त्रवादी शक्तिहरु यी उपलब्धी जोगाउन एक ठाउँमा उभिन जरुरी छ । केही गणतन्त्र विरोधी शक्तिहरु यो व्यवस्था असफल बनाउने खेलमा लागिपरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको