काठमाडौ लेडि जेसिजको ‘साईवर सूरक्षा सचेतना तालिम’ कार्यक्रम सम्पन्न

काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लोकप्रिय हांस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाली कला क्षेत्रमा लागेका कलाकाहरुका लागी विशेष रुपमा आयोजना गरिएको थियो ।
नेपाली गीत संगित तथा कलाकारहरुका लागी लक्षित उक्त सचेतना तालिम कार्यक्रमले लाखौं सर्वसाधारण विच पुग्न सक्ने कलाकारहरुले नेपालमा बढ्दो साइवर अपराधलाई न्यूनिकरणका लागी सहयोगी भूमिका खेल्न सक्ने भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको हो । ईसिपिआई युनिभर्सिटि अमेरिकाका प्रोफेसर डा. रामहरि सुवेदीले साईवर अपराध सम्बन्धि महत्वपूर्ण जानकारी दिएका थिए । नेपालमा बढ्दो साईवर अपराध र त्यसको न्यूनिकरण विषयक चेतनामूलक जानकारीबाट उपस्थित कलाकारहरुले आफुले ज्ञानवद्र्धक कुराहरु हासिल गरेको र यस्ता जानकारी दर्शक श्रोतामाझ पुर्याउने प्रतिवद्धता जनाएका थिए ।


‘रामहरि सुवदीले दिएको यति महत्वपूर्ण ज्ञान शायद जिन्दगीमा कहिल्यै लिएको थिईन, यस्तो जानकारी सांसद भवनमा राष्ट्रपति,प्रधानमन्त्री मन्त्रीहरु लगायत सम्पूर्ण राजनितिज्ञलाई समेत दिनुपर्ने ‘कुरा वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठले बताए ।
नयां बजार स्थित हवाईट हाउस बैंकेटमा आयोजित कार्यक्रमका अर्का प्रमुख अतिथी वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्य आफुले आज लिएको ज्ञान सवै दर्शक श्रोता समक्ष पुर्याउने वताए । किरण केसी,शिवहरि पौडेल,दिपकराज गिरी,केदार घिमिरे,जितु नेपाल, यमन श्रेष्ठ, गोपाल कायस्थ, सुरेन्द्र तुलाधर लगायत नेपालका चर्चित कलाकारहरुको उपस्थिती रहेको कार्यक्रमले आज सिकेको साइवर सूरक्षा सचेतना सम्बन्धि महत्पूर्ण जानकारी कलाको माध्यमबाट आमनागरिक सम्म पुग्नेमा आफु विश्वस्त रहेको काठमाडौं लेडि जेसिज २०२१ की अध्यक्ष तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी वुहारी समेत रहेकी रिंकु बज्राचार्यले बताइन ।


जेसिसकै सदस्य सुमा श्रेष्ठको उद्घोषण रहेको कार्यक्रममा आस्था पाठक, नगिना नकर्मी तथा कमला गुरुङ्गको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको समापन गर्दै स्तुती बुढाथोकीले सवैलाई धन्यवाद दिएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *