Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

बलिउड नायक जितेन्द्रमाथी यौन शोषणको आरोप

admin

हिन्दी चलचित्रका एक जमानाका चर्चित अभिनेता जितेन्द्रलाई उनका एकजना आफन्तले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साठीको दशकका स्टार अभिनेता जितेन्द्रले यो आरोप भने सत्य नभएको दावी गरेका छन् ।

उजुरीकर्ताले हिमाचल प्रदेशका प्रहरी महानिर्देशकलाई उजुरी गर्दै भनेकी छन्, ‘घटना सिमलाको हो, १९७१ मा यो घटना हुँदा म १८ वर्षकी थिएँ, उनी २८ वर्षका थिए । उजुरीकर्ताका अनुसार जितेन्द्रले नयाँदिल्लीबाट सिमलासम्म आउने ब्यवस्था गरेका थिए । जहाँ जितेन्द्र सुटिङ गर्दै थिए । उजुरीकर्ताका अनुसार सिमला पुग्दा राती भएको थियो जितेन्द्र नशामा थिए । नशाको सुरमा युवतीको कोठामा पुगेका जितेन्द्रले खाट जोडेर सँगै सुतौं भन्दै यौन शोषण गरेका थिए । जितेन्द्रका वकिल रिजवान सिद्दिकीले एक विज्ञप्ती जारी गर्दै निराधार एवं वेतुकको आरोप भएको बताएका छन् ।

जितेन्द्रको वकिलले ५० वर्षपछि कसैले मनगढन्ते आरोप लगाएको बताएका छन् । कानुनत यस्ता घटनामा तीन वर्षभित्र रिपोर्ट गर्नुपर्ने भन्दै जो कसैको बदनाम गर्ने अधिकार कसैलाई नभएको बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको