Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

राजनीतिमा उनै पात्र र उस्तै प्रवृत्ति

admin

-डा.डिआर उपाध्याय

यतिबेला नेपालको राजनीति गलत बाटो तर्फ उन्मुख छ । यसले राष्ट्र असफल हुने हो की भन्ने चिन्ता छ । मुलुकमा जुनसुकै बेला जे पनि हुनसक्ने अवस्था देखिएको छ । प्रतिनिधिसभा बिघटन भए पछि मुलुकको अवस्था जटिल मोडमा पुगेको छ । मुलुकमा राजनीतिक स्थिरता कायम हुन सकेन । यसले राजनीतिक व्यवस्था नै असफल हुने हो की भन्ने अर्को चिन्ता बढाएको छ । राजनीतिक दल र तिनका नेताहरुले मुलुकको भाग्य र भविश्यप्रति त्यति ध्यान दिन सकेनन् । जसले गर्दा परिणाम गलत आएको छ ।

देशको स्रोत साधन माथि दोहन भईरहेको छ । राजनीतिक संस्कारको बिकास हुन सकेन । पछिल्लो राजनीतिक घटनाक्रमले देशमा हिंसा बढने खतरा बढेर गएको छ । कम्युनिस्टका आधारभूत मूल्यमान्यताको व्यवहार कार्यान्वयन हुन सकेन । आन्तरिक राजनीति किचलोले सत्तारुढ नेकपा दुई खेमामा विभाजन हुन पुग्यो । यसले नेकपालाई त क्षेती भयो भयो राष्ट्रलाई समेत दुरगामी क्षेती पु–याएको छ । नेताहरुको भाषण केबल भाषणमै सिमित भयो । नेकपा दुई खेमामा विभाजित भएपछि एक अर्का प्रति आरोप प्रत्यारोपको बाढी चलेको छ । यिनीहरुलाई देश र जनताको कुनै चिन्ता छैन । सबैकुरा मजाकमा उडाइरहेका छन् । गरिब जनताका समस्या दिन प्रतिदिन बढी रहेका छन् । जनताका समस्या प्रति कुनै दल गम्भिर बन्न सकेनन् । देशमा महँगीले आकाश छोएको छ । जनतालाई बिहान बेलुकाको छाक टार्न धौ–धौ भैरहेको छ । राजनीतिक दलहरुले तिनै गरिब जनतालाई प्रयोग गरेर राजनीति गरि रहेका छन् ।

नेताहरुलाई भन्दा आफ्ना देशको चिन्ता यिनै गरिब जनतालाई छ । गरिब जनताले आफ्नो स्वाभिमान बेच्न सक्दैनन् । बरु मर्न तयार हुन्छन्। हरेक राजनीतिक इतिहासले यही कुरा पुष्टि गर्दै आएको छ । संसद विघटनले संविधानका प्रावधानका बारेका विवाद सर्वोच्च न्यायालयमा पुगेको छ । पक्कै पनि न्यायालयले यसको अन्तिम फैसला गर्ने नै छ । फैसलाले मात्र दिगो समाधान नहुने परिस्थिति देखिन्छ । संसद् पुनस्र्थापना वा चुनाव जे हुने भए पनि देश अस्थिरतामा धकेलिएको छ। बाह्य शक्तिको चलखेल नेपालमा बढी रहेको छ । हामीले जान्दा देखि नै नेपालको राजनीतिमा उनै पात्र र उस्तै प्रवृत्ति दोहोरिएर आउने अवस्थाले देशको उज्ज्वल भविष्यको परिकल्पना गर्न सकिँदैन। यदि चुनाव भएको खण्डमा चुनाव खर्चिलो, त्रासपूर्ण, विश्वसनीय नहुने देखिन्छ । नेकपा विभाजन भएपछि उसको बहुमत नआउने प्रस्ट छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको