मेरो देश मेरो पार्टी अनि म !

  • सन्तोष भट्टराई/

म २७ सालमा जन्मिएको मान्छे अरे। म जान्ने बुझ्ने भएपछि आमा बुवाले भन्नु भएको। आमाले नै बुवा चिनाउनु भएको। म हिन्दु अरे परिवारले नै बताएको। मैले ति सबै कुराहरूलाई माने पत्याए अनि आत्मसात गरे। मैले आमा बाट पाएको माया, बुवाबाट पाएको मार्गदर्शन र परिवारबाट सिकेको संस्कारले पनि त्यही क़ुरा प्रमाणित गर्थ्यो। यस कुराको साक्षि प्रमाण कहिल्यै खोजिन र उहॉहरूले पनि यस्को खोजि गर्नुपर्ने कारण नै दिनु भएन।

जिवनको लामो यात्रामा कति ऊकाली कति ओरालिहरू आए होलान तरपनि बिचलीत नभई हाम्रो समेत भार ऊठाउनु भयो। कहिले कॉही एक आपसमै पनि गुनासाहरू रहे होलान तरैपनि संन्तानको माया र भविष्य हेरेर संमयमित हुदै आफ्नो अभिभावकीय दायित्व पूर्णरूपमा निर्वाह गर्नुभयो। चाहेको भए एउटाले एकातिर अर्काले अर्कोतिर काखी च्यापी सबै छोडेर हिड्न उहॉहरूलाई के ले नै पो रोकेको थियो।

आमा बुवाकै मार्गदर्शन, शिक्षादिक्षा अनि तिनै पारिवारिक तथा सामाजिक सेरोफेरोमा मेरो जिवन यात्रा शुरू भयो। ऊहॉहरूले देखाएको बाटो र व्यक्तित्व हाम्रो आदर्श थियो। उमेर बढेसंगै स्कूलजान थालियो, साथिभाईहरू बन्दैगए, नया परिवेश देख्न चिन्न थालियो। लाज, शरम, डर, हिम्मत, कौतुहलता आदी बुझ्दै गईयो। सामाजिक संगै राजनैतिक विषयवस्तुहरूले छुदै गयो। ७ कक्षामा पढ्दै गर्दा, ज़ुल्फ़िकार अलि भूट्टोलाई फँसी दिईसकेपछि उत्पन्न राजनैतिक परिवेशमा आयोजित बिध्यार्थी जूलुसमा पहिलो पटक सहभागी भएको थिए। ८ कक्षा पढ्दै गर्दा म माविकै बिध्यार्थी संगठनको नेतृत्वगर्ने ठाऊमा पुंगी सकेको थिए। मेरो पहिलो पक्रउपूर्जि, तत्कालीन पंचायती प्रहरी प्रशासनले त्यतिबेलानै जारी गरीसकेको थियो। कति पटक म बसेको गॉऊनै घेरीयो। अर्थात ७ कक्षा देखिनै म बिध्यार्थी गतिविधि मार्फ़त सक्रिय जनवादी राजनितीमा होमिएको थिए।
मलाई आज ति दिनहरू सम्झदा अचम्म लाग्छ। मैले त्यसबेला कति राजनिती बुझेको थिए। त्यसबेला देखेका  ५ टाउकाहरूको महत्त्व के थियो, त्यसका निम्ति कति मूल्य चुकाउनु म तयार थिए, त्यतिबेला अभिव्यक्त हुने भाषामा प्रायजसो प्रयोगहुने वादहरू ( अधिनायकवाद, विस्तारवाद, साम्राज्यवाद, पूँजीवाद, समाजवाद, साम्यवाद, उपनिवेशवाद, अर्धउपनिवेशवाद, अवसरवाद, सामन्तवाद आदि आदि ) कति बुझेको थिए। तरैपनि एउटा अचम्मको हिम्मत थियो, केहिगर्नुपर्छ र म गर्छु भन्ने दृढ़ विश्वाश थियो अनि एउटा सामाजिक, भावनात्मक सोच थियो, जसले मलाई यस मार्गमा हिड्न अभिप्रेरित गर्यो।

कार्यकर्ता चाहिएर हो वा यसले यो समाजवादी आन्दोलनमा केहि योगदान गर्न सक्छ भन्ने मूल्याँकनको आधारमा मेरो भावनाको क़दर गर्दै म लगायत थुप्रै साथिहरूलाई यस मार्गमा हिड्न अभिप्रेरित गरियो, प्रशिक्षित गरियो। किन मैले स्वीकारे थाहा छैन,  तर म त्यसवेला सर्वहारावर्गको नेतृत्वमा मजदूर, किसानवर्ग र गरीवी उन्मूक्त सामाजिक न्याय संहिताको स्वतन्त्र समाज निर्माण गर्ने बाटो र विचार यहीहो, भनेर आकर्षित भएको थिए। यो मेरो बुझाई वौद्धीक वा दार्शनिक नभई नितान्त भावनात्मक थियो।

समय बित्दै गयो। केही शिला जम्मा गरेर केहि ढुकुटीको धान चोरेर बिक्रीगरेको पैसाले, त्यसबेला उपलब्ध केहि रसियन र केहि चाईनिज पुस्तकहरू किनेर पढियो, केहि हामीलाई पढाईयो। तिनै सिमीत ज्ञान र सुनौलो संसारको कल्पना सँगै जनवादी राजनितीमा लागीरहियो। ०४१/०४२ सालमा ईटहरी ईलाका कमिटी र ०४२/०४३ सालमा धरान नगर कमिटीमा रहेर काम गर्दै शुरू भएको पार्टी जिवन, आजको दिनसम्म आईपुग्दा मैले राजनिती कति जाने, कति बुझे थाहाछैन। तर एउटा निष्कर्ष निकालेको छु। राजनितीमा आदर्श हुनुपर्दछ र आदर्शवादी राजनितीले मात्र समाज परिवर्तन गर्न सक्दछ। जसको खोजिमा म आज पनि छु।

मलाई त्यसवेला राजनितीमा लाग्न अभिप्रेरित गर्ने, संगठित गर्ने, प्रशिक्षित गर्ने कोईराला मामा, न्यौपाने सर, कार्कि दाईं, एकजना कमरेड नाम बिर्सिए तस्वीर अझै आँखा सामू छ, धरान तत्कालीन ४ नं वडा अन्तर्गत बोर्डिङ स्कूलदेखी तलतिर खहरे खोलाको छेउमा भएको एक्लो काठको घरमा बिध्यार्थिको रूपमा भाडामा बस्नुहुन्थ्यो, उहॉहरूलाई आज सम्झन चाहान्छु। जसलाई आदर्श मानेर म अघिबढीरहे र मेरो राजनैतिक जिवनमा सबैभन्दा बढि भूमिका खेल्नुहुने एक आदर्शवादि ब्यक्तित्वलाई मैले ०४५ सालपछि एकैचोटि आठौ माहाअधिवेशनको वेला बुटवलमा भेट्ने मौकापाए।  भेटेर खुशिलाग्यो अनि देखर दुख: ।  बिचरा आदर्श र अनुशासनकोनाममा बुर्जूवा भनिने सबै चिजहरूलाई प्रतिकार गर्दा चुडिएको चप्पललाई आगोले जोड़ेर लगाई आजको दिन ईटहरीमा घुमिरहनु भएकोछ। म त्यसवेला आजका ठूला वा मझ्यौला कुनैपनि नेताहरूलाई चिन्दिन थिए। भूमिगतकालका हाम्रा ठूला नेता उहॉहरूनै हुनुहुन्थ्यो। उहाहरूकै निर्देशन र नेतृत्वमा हामीहरू हिड्यौ। आजको समाज, राजनैतिक परिवेश अनि आफ्नो र परिवारको अवस्था देख्दा उहॉहरूलाई के लाग्छ? तर मलाई त देखेर सारै दुख:लाग्छ।

राजनैतिक पार्टी संगठनमा लागेका प्रत्येक सदस्यहरूको उदेश्य आफ्नो योग्यता र क्षमताले भ्याएसम्म पार्टिको निती र सिद्धान्तको प्रतिनिधित्व गर्ने, तत्अनुरूप पार्टीको नेतृत्वगर्ने र पार्टी मार्फ़त सरकार हुँदै देशको नेतृत्वगर्ने र समाजको सकारात्मक रूपान्तरणमा योगदानगर्ने रहेको हुन्छ र हुनुपर्दछ। यसको अर्थ पार्टीका सबै सदस्यहरूले समानअवसर प्राप्त गर्नुपर्दछ अनि राष्ट्रीयस्वार्थ पार्टीगत र ब्यक्तिगतस्वार्थ भन्दा माथि हुनुपर्दछ। आठौ बुटवल माहाअधिवेशनमा अध्यक्षमा पराजित कमरेड के.पी. ओली नवौं माहाअधिवेशन काठमाण्डूमा अध्यक्ष निर्वाचित हुनुको कारण पनि यही थियो। सिङ्गो जिवन देश र जनताकोलागी भनेर ज्यान दाउमा राखेर हिडेको, युवा अबस्थाको १४-१४  बर्ष जेलमा बिताएको, सिद्धान्त र शास्त्र पिएको, अन्य नेताहरू संग सँगै पार्टीमा कामगरेको, जसले पार्टी र सरकार चलाउने हैसियत राख्छ अनि प्रतिद्वन्द्वीलाई टक्कर दिनसक्छ, उससे पनि पार्टीको नेतृत्वगर्न पाउनुपर्छ भनेर थुप्रै प्रतिनिधिहरूले विवेक प्रयोग गरेका थिए। म प्रवासी नेपाली मंञ्चको प्रतिनिधियों हैसियतले सहभागी थिए। मेरो मुख्य एजेण्डा प्रवासी नेपाली मंञ्चलाई पार्टी कमिटीको हैसियत दिलाउने, पार्टी विधानमा समेटाउने र प्रतिवेदनमा लेखाउने थियो। जसमा हामी केहिहद सम्म सफल नै भयौं। जब दुई पार्टी एमाले र माओबादीको एकिकरण भयो, तब अन्तरपार्टी निर्देशन मार्फ़त प्रवासी नेपाली गतिविधिहरूलाई जनवर्गीय संगठनको हैसियतमा खुम्च्याउने काम त भयों नै २०औं ३०औं बर्ष देखिका संगठित सदस्यहरूलाई ग़ैरनेपाली भन्नेआधारमा संगठित सदस्यरहने आधार समेत खोसियो। म अहिले त्यतातिर जान चाहान्न।

आफ्ना विचारहरू, मान्यता र योजनाहरूलाई पार्टी भित्र स्थापितगर्न समानसोच भएका साथिहरूको समूहको आवश्यकता पर्दछ। जुन वैचारिक हुन्छ, जुन सैद्धांतिक हुन्छ, जसलाई हामी कहिले कॉही गुटकों संङ्या दिन्छौ। यस्तो गुट विषयगत र आवधिक हुनुपर्दछ, जसलाई अन्यथा मान्नु हुदैन।  आफ्नो विचार स्थापित भै सकेपछि गुट रहदैन र सिङ्गो पार्टीको नेतृत्व गर्नुपर्दछ। राजनिती राज्यसत्ता प्राप्तिगर्नका निम्ति गरिन्छ। लोकतान्त्रिक पद्धतिमा निर्वाचनमार्फत सरकारमा गएर आफ्ना घोषणापत्र अनुरूप काम गरेपनि सिङ्गो देशको नेतृत्व गर्नु पर्दछ। यति बेला राष्ट्रीयस्वार्थ पार्टीगतस्वार्थ भन्दा माथि रहनुपर्दछ। विडम्बना ! हामीकॉहा कहिलेपनि सरकार राष्ट्रीयहुन सकेन पार्टीको मात्र भयो, अध्यक्ष पार्टीको हुन सकेनन् गुटको मात्र भए अनि कार्यकर्ता पनि पार्टीको हुन सकेनन् कुनै नेताको मात्र हुनपुगे।

पूर्खाहरूले आना माना ध्यू खाएकाथिए भनेर ईतिहास बेचेर खाने दिनहरू अब सकिए, अहिले ऑफूले खाएको नुन र क्षमताको मूल्याँकन आजै हुन्छ र त्यसै अनुरूप मूल्य चूकाउनु पर्छ।

हिजो दुई महत्वपूर्ण ठूला राजनैतिक पार्टीहरू एकहुँदाको उत्साह र संभावनालाई नज़र अन्दाजगर्न मिल्दैन। यो एकता ऐतिहासिक छ, यूगान्तकारी छ, रणनितीक छ, यसले कम्यूनिष्ट आन्दोलनमा नया ईतिहास रच्ने छ र यो सिङ्गो कम्युनिस्ट आन्दोलनकोलागी एउटा प्रेरणाकोस्रोत हुनेछ भनेर सम्पूर्ण पार्टीपंक्ति र सदस्यहरूले ऑंखा चिम्लेर दुई अध्यक्षहरूलाई स्वीकारी सम्पूर्ण एकता प्रकिया ज़िम्मा लगाएकै हो। त्यसै आधारमा नेपाली जनताहरूले पनि झण्डै दुईतिहीइ बहुमतका साथ सरकारमा पठाएकै हो। तपाईहरू मिलेर निर्णय गर्नुहोस हामी मान्न तयार छौ, भनेर कार्यकर्ताहरूले बार-बार भनेकै हो र देशले तपाईहरूबाट दीर्घकालीन स्थायित्व सहितको विकाश र सम्रिद्धिको निकास खोजेकै हो। यस्तो महत्वपूर्ण र गहन जिम्मेबारीलाई नज़रअंदाज़ गर्दै आवेग वा प्रतिशोधका कारण पटक पटक टुक्रिने सम्मको परिस्थितिमा पुग्ने र पुर्याउने काम तपाईहरूबाट भईनै रह्यो ।

देश र जनताको मूक्तिकालागी, विचार र सिद्धान्तको लडाईमा झापा आन्दोलन देखी १४/१४ बर्ष जेलजिवन विताई पटक पटक मृत्यूको मूखबाट फर्कीएको योद्धालाई प्रजातान्त्रिक मूल्य र मान्यता अनि राष्ट्रीय हितकोलागी कुनै पद छोड्नु परे ठूलोकुरा हुनुहुन्छ र ? त्यसतै १०/१० बर्षे जनयूद्ध गरेर टाउकोको मूल्य बोकेर हिडेको लड़ाकू नेता जसमाथि सिङ्गो देशले यूगान्तकारी परिवर्तनको आशा पालेको थियो, उस्कालागी पद, पार्टी र देश भन्दा ठूलो हुनसक्छ र ? यस्को जवाफ उहॉहरूलेनै दिनुपर्छ। दुई अध्यक्ष बिचको असमजदारीको प्रभाव र त्यसलेपार्ने असर कार्यकर्ता, पार्टी र देशले ब्यहोर्न सक्दैन र मिल्दैन। यस्को पूर्ण ज़िम्मेवारी  तपाईहरूले नै लिनुपर्दछ।

आज देश यो संबैधानिक र नैतिक संकटमा पर्नुमा २ नेताहरूलाई मात्र दोष दिएर पुग्दैन। दुई फरक फरक स्कूलिङबाट हिडेका पार्टीको एकता पछि पनि कति पटक पार्टी टूक्रिएला टूक्रिएला भन्ने आशंकाबाट गुज्रीएको छ, कतिपटक समस्या समाधानको लागी भनेर यति र उति बुधे सहमति गरीयो भनिएको छ, कति पटक निष्कर्ष  विहीन बैठक बसेर पुन बैठको मिती तोकिएको छ।  केयि सबै समाधान हुन नसक्ने अजंग विषयहरू थिए। स्थाई कमिटी र सचिवालय सदस्यहरूलाई ताली बजाउन छोडेर टेवल ठोकेर क़ुरागर्न  के ले रोकेको थियो। यदि समयमा उचित नैतिक वा राजनैतिक दवाब दिन सकेको भए यो विखण्डनको उत्कर्षमा पार्टी पुग्ने थिएन। त्यसैले यो विखण्डनकारी अवस्थाको ज़िम्मेवारी स्थाई कमिटीले पनि लिनु पर्दछ।

पार्टी पद्धति र मापदण्डबाट चल्नुपर्दछ र त्यसलाई नेता र कार्यकर्ताले पनि साथ दिनुपर्दछ। जबसम्म हामि कार्यकर्ताहरू आफ्ना स्वार्थका निम्ति नेताहरूलाई प्रयोग गर्छौं, तबसम्म हामिले यस्तो घटनाहरूको सिकार  बन्नुपर्नेछ। किनकी हामि घोषित अघोषित रूपमा गुटमा परिवर्तन हुन्छौं। यही गुट नेताहरूको निर्णयको मापदण्ड बन्छ नकि तर्क, पद्धति, सिद्धान्त वा आवश्यकता। विवेकी कार्यकर्ताभएको पार्टिको नेतृत्वपनि उत्तरदाई हुन्छ। जबसम्म कार्यकर्ताहरूले गलतको बिरोध र सहिको समर्थन पद्धति संगत, वौद्धिक तवरले गर्दैनन् तबसम्म नेताहरूलाई राजनिती एकतर्फी बाटो हो भन्ने भान रहन्छ। जुनबाटोमा पसेपछि फर्कनै मिल्दैन, जसरी हुन्छ साम, दाम, दण्ड, भेद प्रयोगगरेर अघाडीनै जानु पर्छ भन्ने लाग्दछ। जबकी राजनिती पेशा र नेतृत्व एकतर्फी बाटो होईन, यो त राजनैतिक उत्तरदायित्व सहितको पटक पटक आफूलाई प्रमाणित गरेर हिड्नु पर्ने सामाजिक ज़िम्मेवारी हो। जसको प्रभाव समाज र नागरिक जिवनमा प्रतक्ष्यरूपमा पर्दछ। राजनिती पेशा वा जिवीकोपार्जनको आधार बनुन्जेल यसमा जसरी पनि टासीएर रही रहने प्रवृतिको अन्त्य हुन सक्दैन। सक्रिय राजनैतिक जिवन पछि म के गर्छु भन्ने थाहा नहुँदा, पदलाई बर्चस्वको बिषय बनाएर झुण्डिरहने ग़लत प्रयत्नहरू हुने गर्दछन्। विकसित पश्चिमी मूलूकहरूमा पदत्याग गरेपछि सोही पदमा पुन दाबी गरेको सायदै पाईन्छ। सानो मात्र नैतिक प्रश्न खड़ाभए निराकरणको लागी नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रसस्त गरेका थुप्रै उदाहरणहरू छन्।

आज दुई अध्यक्षहरू बिचको असमझदारीको कारण उब्जिएको यो राजनैतिक र संबैधानिक संकटको बेलामा कति सजिलै हामी कार्यकर्ताहरू समय कुरेर बसेजस्तो यता की उता भनेर किनाराको साक्षी बस्दै बयान मात्र दिने होईन एक अर्कालाई गिराउन तल्लो स्तर सम्मको अभिव्यक्ति दिने, सामाजिक संजाल रंगाउदै नानाथरी पोष्ट र सेयरीङ्ग गरिरहेका छौ। नेताहरू हामी मिल्यौ भन्दा सयौ खुन माफ़, हामि मिलेनै भनिसक्दा एक अर्का संग जानीदुश्मन जस्तो लड्न भिड्न तैयार। प्रतिपक्ष वा शत्रुलाई गर्ने भन्दा तल्लो स्तरको ब्यबहार गरिरहेका छौ। यस्तो प्रवृति विवेकशिल कार्यकर्तालाई सुहाउदैन, यो दुर्भाग्यपूर्ण छ।

खासगरी नेपालको कम्युनिस्ट आन्दोलन सधै फ़ुट, विभाजन, बिग्रह र पार्टिगत एकताबाट गुज्रीरहेको छ। विगतमा धुजा धुजा हुने गरी पार्टीहरू फूटेका छन्, सानो सानो मुद्दामा पनि गुट र उपगुट बनेका छन्। पार्टी भित्र फरक मत राख्ने वा अल्पमतगुटको अस्तित्व मेटाउन कुनै कसर बाक़ी नराख्ने सम्मका घटना देखि ध्रुविकरण हुदै पार्टी विभाजन सम्म सामान्य घटना जस्तो बनिसेकेका छन्। पार्टीहरू विभाजन हुँदै हुँदै गएर नामोनिशान पनि भएका छन्, संम्भावना भएका थु्प्रै विद्वान अनि प्रभावशाली नेताहरू खुम्चिएर एउटा कुनामा बसिरहेको पनि यथार्थ पनि हामी सामुनैछ, अनि विगतका गल्तिहरूबाट पाठ सिकेर पार्टीगत एकताहरू भएका पनि धेरै उदाहरणहरू छन्। एउटा जीवन्त राजनैतिक पार्टीभित्र सैद्धांतिक वा वैचारिक वस्तुमा आधारित छलफल र बहस हुनुलाई स्वभाविक मान्नु पर्दछ।

यदि यात्राको गन्तव्यनै मिलेन र जाने साधनमा पनि मतान्तर रह्यो भने वा त्यस्तै कुनै विशेष कारणले पार्टीमा विभाजननै भयो भनेपनि आजको स्वतन्त्र समाज र राजनैतिक परिवेशमा अचम्म मान्नु हुँदैन। तर आजको यो अन्तरपार्टी संघर्ष वैचारिक होईन, यो चुनावी घोषणापत्रमा भएका प्रतिबद्धता पुरागर्ने सम्बन्ध पनि होईन, यो आमकार्यकर्ताहरूको माग पनि होईन र आम नेपाली जनताको अपेक्क्षा पनि होईन। यो त नितान्त ब्यक्तिगत स्वार्थपूर्ति र शक्ति  प्रदर्शनको कसरत मात्र हो। यो आफू र आफ्ना गुटको पक्षपोषण र आफू हावीहुने  दुस्प्रयास मात्र हो यसमा आमकार्यकर्ताको भावना र नेपाली जनताको चाहाना समेटिएको छैन। सॉच्चै भन्ने हो भने आजको दिनमा कमरेड माधव नेपाल अध्यक्ष बन्नु वा नबन्नु, कमरेड झलनाथ खनाल  राष्ट्रपति बन्नु वा नबन्नु, कमरेड प्रचण्ड प्रधानमन्त्रि बन्नु वा नबन्नु अथवा कमरेड के.पी. ओलि प्रघानमन्त्रि रहनु वा नरहनुले पार्टी र देशलाई कुनै तात्विक फरक पार्दैन। म सहित र म बिनापनि यो संसार चल्छ भन्ने कुराको हेक्का हामिसबैले राख्नु पर्दछ। आज एक अर्कामा लगाईएका आरोपहरूको छिनोफानो पार्टीभित्रै वैठकबाट हुनुपर्दथ्यो र हुनसक्ने विषयहरू थिए। अन्तरपार्टी संघर्षको समाधान सडकबाट खोज्नु र कलिलो प्रजातान्त्रिक अभ्यासमै नाज़िर बन्ने गरी संसदको विघटन गर्नु दुवै अनुचित छन्। त्यसैले यस्तो वेमौसमी अन्तसंघर्षमा आआफ्ना नेतृत्व तर्फ धारेहात पारेर खवरदारी गर्दै कार्यकर्ताहरू एकढिक्का हुनुपर्नेमा, एक एक तर्फ नेताहरूको फेरो पक्डिएर ऑफू ऑफूमै धारेहात परिरहेकाछौ। जुन दुख:पूर्ण छ।

धेरै टाढा जानु पर्दैन, माले र मार्क्सवादी मिलेर एमाले बनेको केहि समय पछि पार्टी पुन: मालेको नाममा विभाजन भएको थियो। समयको कशीले जॉचेपछि पुन विभाजित हुनु गल्ति भएको महशुस गरी माले एमालेमै विलीन भएको थियो। माले र मार्क्सवादी मिलेर एमाले बनेपछि कत्रो उत्साह र शक्तिप्राप्त भएको थियो। पार्टीको एकिकरण र त्यसको ब्यवस्थापनमा नेतृत्वको विशेष भूमिका हुन्छ। कमरेड मदन भण्डारीले आफ्नो अगुवाईमा कमरेड मनमोहन अधिकारी सँग सहकार्य गरि पार्टी एकता सम्पन्न गर्दै गर्दा र एकता पश्चातपनि देखाएको नेतृत्व क्षमता उनको विचार संगमात्र होईन, ब्यवहार सँगपनि जोडिएको छ। उनको ब्यक्तित्व, विचार र उनी द्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्तले पार्टी र संगठनलाई नया उचाईमा पुर्याएको थियो। आज हामी त्यही विचारको बोर्ड राखेर रित्तो पसल थापिरहेकाछौ। याहॉ आत्ममूल्याङ्कन ज़रूरी छ

एकपटक सोचौ त,
१. यदि जसको नेतृत्वमा निर्वाचनमा २/३ मत प्राप्त भयो उसैको नेतृत्वको  सरकार विरूद्ध आफनै पार्टीले अवश्वासको प्रस्ताव नराखेको भए के हुन्थ्यो ? आखिर लडाई त अन्तरपार्टी थियो !
२. यदि संसदमा अविश्वासको प्रस्ताव साच्चै आफ्नै खेमाबाट आएको भएपनि सामना गरेको भए के हुने थियो ? मृत्यूलाई हत्केलामा लिएर हिडेको मान्छेलाई पदको कति अर्थ रहन्छ।
३. यदि ऑफू बसेको सरकार विरूद्ध आफ्नै गुटबाट अविश्वासको प्रस्ताव ल्याउन खोज्दा यो अनैतिक प्रकृया हो, हामी यस्को बिरोधगर्छौं। सरकार ढाल्नेखेल ग़लत छ तर संसद विघटन गर्नुहुदैन भनेर प्रयत्न भएको भेए के हुन्थ्यो ?
४. यदि १० बर्ष जनयूद्धगरी टाउकाको मूल्य बोकेर हिडेको, पार्टी अध्यक्ष र प्रधानमंत्री समेत भै सक्नुभएको कमरेड प्रचण्ड र १५ बर्ष पार्टी महासचिव र प्रधानमंत्री भैसक्नुभएको कमरेड माधव नेपालले अन्तरपार्टी संघर्ष र वैचारिक लड़ाई लड्दै गरौला, यो आजको नया क़ुरा होईन तर आफ्नो सरकार ढाल्नेकाम गर्नुहुदैन र संसद विघटन रोक्नु पर्छ भनेर संमन्वयकारी भूमिका खेलेको भए के हुन्थ्यो?
५. यदि मैले भनेजस्तो पद पाईन, मेरा मान्छेले भनेजस्तो पद पाएनन्, हामिले चाहेजति अधिकार पाएनौ, एकलौटी सरकार चलाउन खोजियो तर पनि  हामि ४ महिना पर्खेर माहाअधिवेशन र २ बर्ष पर्खेर निर्वाचन सम्म धौर्यता राखी वैधानिक निकास खोज्छौ भनेको भए के हुन्थ्यो ? एकलौटी सरकार चलाएको भएपनि देशै बर्वाद गरेको त थिएन।
६. यदि भोलीको संम्भावना बोकेका, सरकार र स्थाईकमिटीमा समेत भएका युवा नेताहरू घनश्याम भुषाल, शंकर पोखरेल, योगेश भट्टराई, बर्षमान पुन, प्रदीप ज्ञावाली, राम ब. थापा, जनार्दन शर्मा लगायतका नेताहरूले गुटभन्दा माथि उठेर पार्टीगत एकता र राजनैतिक स्थाईत्वको निम्ति एकबद्ध भएर सामूहिक दवाब स्रिजना गरेको भए के हुन्थ्यो ? आखिर पार्टी रहने पद रहन्छ।
७. यदि हामी कार्यकर्ताहरू, पार्टिको नाम एउटै, चुनावचिन्ह एउटै, झण्डा एउटै आदी इत्यादि दाबिगर्दै दुईधारमा हिडेका नेताहरूलाई, तपाईहरू मिल्नुहोस्, हामी कसैको पक्षमा पनि पछि लाग्दैनौ। हाम्रा समस्याहरू छुट्टीएर होईन यही पार्टीभित्र, यही सहमतिको विधानमा टेकेर, आवश्यकता र औचित्यताको आधारमा टुङ्याउनुपर्छ भनेर एकता प्रस्तुत गरेको भए के हु्न्थ्यो ?
यस्ता थुप्रै जिज्ञासा र प्रश्नहरू हामीसंग छन्। टुक्रिएको पार्टीभित्र, निर्वाचनमा एक अर्कालाई खुईल्याएर प्रतिपक्षलाई फाईदा पुर्याई खण्डहर बनेको पार्टीमा कुन भविष्यको परिकल्पना गर्न सकिन्छ। सधै टूट, फूट र गुटमा विभक्त हुनुपरेका कार्यकर्ताहरूले कसरी फेरी नेतृ्तवमा विश्वाश गर्ने।

रामायणमा, हनुमानजीलाई तिमी उड्न सक्छौ, तिमीमा पहाड़ बोक्नसक्ने तागत छ भनेर ऑफैमा निहित सामर्थ्य बोध गराउनु परेको कथा हामिसबैले  सुनेकै छौ। आजको हाम्रो यूवापूस्ताले पनि अन्तर निहित नेतृत्व क्षमतालाई महशुस गर्नुपर्ने बेला आईसकेको छ। गुट भन्दा माथि ऊठेर पार्टी र देशको निम्ति एकजुट हुनुपर्ने वेला आएको छ। आवश्यक परेमा देश हाक्ने र पार्टी सञचालनको ज़िम्मेवारी बहनगर्न तैयार रहनुपर्ने दोश्रोपुश्ता ऑफैमा विभक्त भएर चल्दा देश, पार्टी र हाम्रो भविष्य के होला? नेपाली राजनितीको सबैभन्दा ठूलोसक्ति र परिवर्तनका  प्रमुख संम्बाहक भनेकै युवा र विध्यार्थीहरू हुन्, जो आज क्षतविक्षत छन्। देश निर्माणों अभियानमा जुट्नुपर्ने, विज्ञान र प्रविधीको प्रयोगगरेर पार्टी र देशलाई अघि बढाउनुपर्ने, राष्ट्रीय अन्तराष्ट्रीय अनुभवहरूलाई उर्जाको रूपमा प्रयोग गरेर सिङ्गो देश परिचालित गर्नुपर्ने  शक्तिहरूहामी यो वा त्यो नाममा बॉडीएर एकअर्कालाई नङग्याउन लागी परेकाछौ, एकअर्काको अस्तित्वको धुजा धुजा उडाईरहेका छौ। के हाम्रो विवेक, श्रोत र साधन यत्तिकोलागी मात्रहो ? कदापि होईन, त्यसैले अब हामि कार्यकर्तापंत्ति र दोश्रोपुश्ता एकजुट भई यो राजनैतिक संकटको अन्त्यगर्न एउटा निर्णायक भूमिका खेल्नु पर्दछ। विद्यार्थी र युवा संगठनहरू एकतापछी पनि जो आआफ्नै अस्तित्व महशुस गरीरहेका छन्, एकछिन यो जटिल साच्चै भन्नेहो भने पतनको खतरालाई महशुस गरेर कुनै ठोस निर्णय गरौ त, त्यों निर्णय नाध्ने हैसियत आजका हाम्रा कुनैपनि नेताको हुने छैन। एक पटक मनन् गरेर हेरौं।

देश आज जटिल राजनैतिक, संम्बैधानीक र नैतिक प्रश्नमा जकडिएकोछ। यस्को समाधान सहज छैन, समाधान वा निर्णयका ऊपाएहरू कठोर हुनसक्दछ, झट्टसुन्दा अपत्यारीलो हुनसक्छ, तर निर्णय आवश्यक छ। संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ। कुनै फैसला अवश्य होला र त्यो नाजिर बन्नेछ।  मुद्दाको निरूपण जसरी भएपनि न्यायालय विवादित हुनेछ। अध्यादेश कायम छ, पार्टी विभाजन तर्फ ऊन्मूख छ। दलहरूका फरक फरक विश्लेषणहरू छन्। अन्तरपार्टी संघर्षका कार्यक्रमहरू सडकमा चलिरहेका छन्। त्यसैले यस समस्याको समाधान खोज्न ज़रूरी छ। केही नगरी यसरीनै चल्नेहो भनेपनी एउटा समाधान होला जुन दुखद र अराजकता ऊन्मूख हुनेछ। देशमा अशान्ति र  अस्थिरता हुनेछ र नेपाली जनताको बलिदानीपू्र्ण पटक पटकका आन्दोलनहरू औचित्यहिन मात्र होईन आत्मघाती सावित हुनेछन्। संसद विघटन होस वा पुर्नस्थापना दुवै तर्फ आआफ्नै तर्कछन्। संसद अपरीहार्य छ। विपक्षीहरू हाम्रो यो सॉडे जुधाईको पर्खाईमा छन्। यदि यही अबस्थामा निर्वाचनमा जान्छु र बहुमत ल्याउछु भन्ने हो भने अध्यारो कोठाबाट कालो विरालो समातेर ल्याउछु भन्नु सरह हुनेछ।  विध्यार्थी, युवा र दोश्रोपुश्ताका नेताहरूको अगुवाईमा संसद विघटन हुनभन्दा कम्तिमा एकदिन अधिको अबस्थामा पार्टी र सरकारलाई फर्काउन ज़रूरी छ। त्यसकानिम्ति यसबिचमा पार्टीका दुवै तर्फबाट भएका सबै निर्णयहरू फिर्तालिने, माहाअधिवेशन सम्मकालागी सहमतिमा पार्टी संचालन र नेतृत्वको ज़िम्मेवारी तोक्ने , सरकारलाई ५ बर्ष पूराकाम गर्न पाउने कुराको ग्यारेन्टि गर्ने र मन्त्रिपरिषदको सिफारीसमा राष्ट्रपति द्वारा अध्यादेश फिर्तालिने। अध्यादेश नै फिर्ता भै सकेको अवस्थामा त्यसैका आधारमा रिट खारेजगरी सर्बोच्चलाई विवादित हुनबाट बचाउने। दुबै अध्यक्षहरूको काम र समस्या समाधानकालागी गरीएका सहमतिहरूको अनुगमन स्थाईकमिटीले गर्ने। यो पढ्दा सुन्दा हावादारी लाग्नसक्छ, तर हामिले चाहेमा संभव छ। पार्टी अझै फूटि सकेको छैन। कसैको फेससेभिङ्गको लागी कार्यकर्ता , पार्टी र देशले मूल्य चुकाउन ज़रूरी छैन।
मैले मेरो लेखको शुरूमा आफ्नो बाल्यकालको बारेमा उल्लेख गर्नुको मूख्य दुई कारणहरू छन्। पहिलो कारण, मैले याहॉ अभिव्यक्त गरेका भावना, अनुभव र बुझाई म जस्ता लाखौ कार्यकर्ताहरूको पनिहुन सक्छ र पुन एकपटक स्मरणमा ताज़ा हुनेछ। र दोश्रो कारण जसरी पारिवारिक जिवनमा आमा बुवाले आफ्नो अभिभावकीय दायित्व निर्वाह गरेर जिवन र दर्शन सिकाउनुभयो, त्यसरीनै पार्टी जिवनमा नेतृत्वले त्यस्तै अभिभावकीय दायित्व पूर्ण ईमान्दारीकासाथ निर्वाह गर्दै पार्टी र कार्यक्ताहरूको संरक्षण र सम्बर्धन गर्नुपर्दछ भन्नेहो। आफैले देखाएको र सिकाएको बाटोमा हिडीरहेका कार्यकर्ताहरूलाई आनायास दिग्गभ्रमित गर्ने वा गलतबाटोमा लैजान खोज्नु लाई नेतृत्व भनिदैन। पद्धति विहीन र आदर्श गुमाएको नेतृत्वले राजनैतिक गन्तव्यमा पुर्याउदैन। कार्यकर्ताहरूले नेतृत्वबाट राजनैतिक मूल्य, मान्यता, संस्कार र आदर्शवादी शिक्षाको अपेक्षा गरेकाहुन्छन्। गुट गुटका विभक्त र निराश कार्यकर्ताहरू कुन मनोवलले जनतासामु जाने, अन्योलमा रहेका जनताले कसलाई विश्वाष गर्ने अनि केका लागी गर्ने। राजनीति गर्ने र निर्वाचनमा जाने भनेकै सत्ताप्रप्ति र सरकार संञ्चालनको लागी हो , तर २/३ को आफ्नै सरकार ढाल्ने वा संसद विघटन गर्नेले फेरी चुनावमा किन जाने? त्यसैले हेक्का रहोस विभाजन वा विघटन समस्याको समाधान होईन। आशा गर्छौं नेतृत्वमा रहनु भएका नेतागणहरूले यो जटिलतालाई बुझ्नुहुनेछ र हामी कार्यकर्ता पनि यसमा हैसेमा होष्ठेगर्न तैयार रहनुपर्दछ।

अन्यथा,
व्यक्तिगतस्वार्थ + पार्टिगतस्वार्थ x ( पदलोलुपता + स्वेच्छाचारीता ) = अराजकता, अधोगति

               सन्तोष भट्टराई जर्मनी
              संस्थापक अध्यक्ष
              प्रवासी नेपाली मञ्च जर्मनि
              एन.आर.एन अंभियन्ता 

Leave a Reply

Your email address will not be published. Required fields are marked *