Logo
06 Oct 2024    २० आश्विन २०८१, आईतवार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

उच्च शिक्षाका लागि विदेशीने बिद्यार्थी स्वदेश फर्कन चाहदैनन, किन ?

admin

नेपाली विद्यार्थीको शैक्षिक गन्तव्यका रूपमा रहेका अस्ट्रेलिया,अमेरिका,जापान,भारत,चिन,पोल्यान्ड,क्यानडा,डेनमार्क,दक्षिणकोरिया,न्युजील्यान्ड,बङ्गलादेश लगायतका देश रहेका छन् । पहिले विद्यार्थीको आकर्षण भएका राष्ट्र जापान, बेलायत ,अमेरिका भन्दा अष्ट्रेलीया जाने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । यसरी युवा शक्ति राज्यले व्यहोर्नुपर्ने क्षतिको कुनै लेखाजोखा नै छैन भने सरकारले पनि विदेश जानुपर्ने विद्यार्थीको बाध्यतालार्इ हटाउने कुनै ठोस योजना ल्याउन सकेको छैन । यसले राज्यको मानवसंसाधन व्यवस्थापनमा दुरगामी प्रभाव पार्ने देखीन्छ ।

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएका छन् ।राज्यलाई आवश्यक पर्ने युवा अध्ययनको लागि भनौ या कामको खोजीमा विदेशीने गरेका छन् ।यसले राज्यलाई दुरगामि प्रभाव पार्ने तर्फ सबैको चिन्ता र चासो बढेको छ ।धेरैले यस किसिमको बाहृयगमनलाई देशबाट गुणस्तरीय जनशक्तिको पलायनको रुपमा ब्याख्या गरेका छन् र यसरी शिक्षाका लागि भनी विदेशीने युवाहरुको गतिविधिलाई देशको लागि अपुरणीय क्षति भएको रुपमा निष्कर्ष निकालेका छन् । तथापी, अहिले जुन गतिमा भूमण्डलीकरणले संसारलाई छोएको छ, त्यसले देशहरुबीचको दुरीलाई त्यत्तिकै मात्रामा न्यूनीकरण गर्दै लगेको छ । विदेशमा दीक्षित नेपाली युवाहरुको सीप र शिक्षालाई देशको क्षतिको रुपमा बुझ्नु भन्दा यस्तो शिक्षा, सीप, अनुभव र ज्ञानलाई देशको उपयोगमा कसरी ल्याउन सकिन्छ भन्ने चिन्तन निजी र सरकारी दुवै क्षेत्रले अवलम्बन गर्नु पर्नेमा विज्ञहरुको सुझाव रहेको छ ।
विदेश जाने विद्यार्थी बढे
विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा बृद्धि भएको छ । नेपाली विद्यार्थीको शैक्षिक गन्तव्यका रूपमा रहेका अस्ट्रेलिया, अमेरिका,जापान,भारत,चिन,पोल्यान्ड,क्यानडा,डेनमार्क,दक्षिणकोरिया,न्युजील्यान्ड,बङ्गलादेश लगायतका देशमा नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् । पहिले विद्यार्थीको आकर्षण भएका राष्ट्र जापान, बेलायत ,अमेरिका भन्दा अष्ट्रेलीया जाने विद्यार्थीको संख्यामा वृद्धि भएको छ । त्यहाँ अध्ययनका लागि आवश्यक पर्ने भाषा परीक्षण आईईएलटीएस, टोफेल, जीआरई, जीम्याट जस्ता भाषा कक्षामा सहभागी हुने विद्यार्थीको संख्यामा बृद्धि भएको छ ।

जापान अध्ययनमा पठाउने कन्सल्ट्यान्सी भने अहिले विद्यार्थी संग विदेशीनुको विकल्प नभएकाले बताउँछन् । नभरंग एजुकेशनका सञ्चालक नविन विक्रम राणा भन्छन्– “केही वर्षअघि जापान जाने विद्यार्थीको संख्याभन्दा अहिले विद्यार्थीको संख्यामा कमी आएको छ,परामर्शका लागि आउने अनुपात केहि कम भएपनि भिषा नै पाउन गाह्रो भईरहेको छ ।” पढ्न जाने विद्यार्थीका लागि अस्ट्रेलिया राम्रो गन्तव्य हो, जहाँको उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने मर्सी एजुकेशनका निर्देशक कमल भण्डारी बताउँछन् । उनी भन्छन्– “पढ्ने उद्देश्य भएका, शैक्षिक अवस्था र आर्थिक रूपमा सबल विद्यार्थीको भिजा सहज रूपमा लाग्ने गरेको छ ।” नेपाल अझै पनि एजुकेशन हब बन्न नसकेको र अन्तर्राष्ट्रिय बजारमा अघि बढ्नका लागि बाह्य मुलुकमा गएर शिक्षा लिनुपर्ने बाध्यता नेपाली विद्यार्थीमा रहेको बुझाइ परामर्शदाताहरुको छ ।

नेपालमा प्रयोगात्मक शिक्षा प्रणाली नभएको र यसले राज्यको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न असहज हुने हुँदा नेपाली विद्यार्थीले नेपालकै अध्ययनलाई मात्र पर्याप्त रूपमा लिन सक्ने अवस्था छैन । तैपनि नियम परिवर्तन भइरहेको अवस्थामा मध्यमवर्गका विद्यार्थीले भिजा सहज रूपमा पाएका छैनन् ।

शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाको तथ्याङ्कअनुसार नो अबजेक्सन लेटर लिने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निकै बढेको छ । २०७०÷७१ को तथ्याङ्कअनुसार २८ हजार १ सय २६ जनाले नो अब्जेक्सन लेटर लिएका थिए । २०७१÷७२ मा ३० हजार छ सय ९६ जनाले लिए भने २०७२÷७३ मा ३२ हजार चार सय ८९ जनाले लिए भने २०७३÷७४ मा ५० हजार ६ सय ५९जनाले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका थिए ।यस आर्थीक वर्षको सुरुमै नो अब्जेक्सन लेटर लिनेको भिड शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा बढिरहेको देखिन्छ ।२०७४ साउन देखी २०७४ पौस सम्ममा नोअब्जेक्सन लेटर लिनेको संख्या २५ हजार ४सय ८ पुगेको छ ।यस मध्य अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीको संख्या उच्च छ ।
गुणस्तरीय शिक्षा र सम्मुनत जीवनशैलीको खोजी
प्रत्यक बर्ष यसरी हजारौको संख्यामा विद्यार्थी पलायन हुदाँ राज्यले भने कुनै ठोस कदम चाल्न सकेको छैन।नेपाली युवा विदेशीनुको प्रमुख कारण गुणस्तरीय शिक्षा र सम्मुनत देशको जीवनशैली अनुभव गर्नु नै हो । विदेशबाट प्राप्त निजी उपलब्धिका रुपमा सबैले अन्र्तराष्ट्रिय स्तरको शिक्षालाई मात्र जोड दिएका छैनन् बरु स्थानीय जीवनशैली र कामको अनुभवलाई झन् महत्वर्पूण रुपमा उल्लेख गरेका छन् । उनीहरु विदेशमा रहँदा अध्ययन, काम, स्वयंसेवा, सामाजिकीकरण र आफ्ना नीजि शोखका विषयहरु जस्तै यात्रा गर्ने जस्ता गतिविधिहरुमा संलग्न भएको पाइएको छ ।
स्वदेश फर्कने युवाको संख्या न्यून
विदेशमा अध्ययन पुरा गरेर फर्किएका नेपाली युवाहरुको संकलित विवरण अध्ययन गर्दा के पाइएको छ भने उनीहरु प्रायः १८ १९ बर्षे उमेरमा अध्ययनका लागि विदेश पुगेका र औषत ७ बर्ष विदेश बसाईका क्रममा अध्ययनका अलावा स्थानीय सामाजिक गतिविधिमा संलग्न भई स्वदेशमै अवसरहरु श्रृजना गर्ने उदेश्य लिएर देश फर्किएका छन् । यसरी र्फकने युवाहरुको औषत उमेर ३० बर्षभन्दा कमको रहेको छ । विदेशबाट दिक्षित भएर स्वदेश फर्किएका नेपाली युवाहरुले नेपाली भूमीमा जे जस्ता कार्यहरु गर्दै आएका छन् अनुकरणीय छन् । तर ,विदेशबाट अध्ययन पश्चात स्वदेश फर्कने युवाको संख्या न्यून छ ।राजनीतिक स्थायित्व, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र विधिको शासन जस्ता आधारभुत अवस्थाको श्रृजना गर्न नसक्दा नेपाली युवाहरु विदेशीन बाध्य छन् ।

बिपीन पोख्रेल,काठमाण्डौँ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको