Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

“मयूरी हाउस फेशन शो” को लागि आगामी शनिवार अडिसन हुदै

admin

मयुरी हाउसको प्रस्तुतीमा अन्तराष्ट्रिय स्तरको फेशन शो होटल मल्लमा आयोजना हुने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले नयां वर्षको अवसर पारेर मयुरी फेशन शो आयोजना हुन लागेको हो । मोडलहरुको छनौटका लागि आगामी शनीवार पूतलीसडकस्थित स्टार मलमा अडिसन हुने आयोजक मयूरी हाउसका संचालक कमल गौतमले बताए । करीव ३० जना उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ । भने आर्टिष्ट नेपालको फोटोग्राफी तथा काष्ठमण्डप टेलिभिजन र यस टेलिभिजनको दृश्य प्रसारण रहनेछ ।
छनौट भएका मोडलहरुलाई १ हप्ते निशुल्क रुपमा तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन, विभिन्न गिफ्ट ह्याम्पर उपलव्ध गराईने आयोजक गौतमले बताए । मोडल तथा एभिन्यूज टेलिभिजनका भिजे ऐनी कुंवरको कोरियोग्राफी रहने उक्त शो मा नेपालका चर्चित लोकप्रिय कलाकारहरुले आफ्नो प्रस्तूती समेत दिनेछन । स्मरणीय रहोस मयूरी हाउसले नेपालका उत्कृष्ट पहिरन निर्माण गर्ने डिजाईनर तथा उत्कृष्ट डिजाईनका पहिरनलाई देश विदेशमा प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने कार्य गर्दै आईरहेको संस्था हो ।
अडिसनका लागि ईच्छुक मोडलहरुले अडिसन हुने स्थान स्टार मलको तेश्रो तल्लामा रहेको स्टार भेन्यूमा शनिवार, माघ २७ गते १२ बजे उपस्थिती भई सहभागिता जनाउन सक्नेछन । थप जानकारीका लागि मोवाईल नं. ९८५१०३५८१५,९८०३२८६२५४,९८४१२४५७४५ तथा ९८४७५९३००९ मा सिधै सम्पर्क राख्न सक्नुहुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको